काठमाडौं । सशस्त्र प्रहरी बलको ईन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका-१ नागपोखरी क्षेत्रबाट सोमबार ठुलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सुचनाको आधारमा एपिएफ ईन्टीलिजेन्स ब्युरोवाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न गरेको सर्च कार्वाहीमा लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१ नागपोखरी बस्ने बर्ष ४३को प्रभात तिवारी, सर्लाहीको मलङ्गवा-८ का सुजन रायमाझी, काठमाडौ- १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, ललितपुरको बाग्डोल ४ बस्ने बर्ष ५१ को सविन श्रेष्ठ रहेका छन् । उनीहरू कारोबारी रहेको सशस्त्र प्रहरीको दावी छ ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको कार्वाहीमा संलग्न सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी गराए । उनीहरूलाई प्रहरी बृत्त मालिगाउँको जिम्मा लगाएको उनले जनाएका छन् ।
उनीहरूको साथबाट ब्राउन सुगर २९६.७५ ग्राम, बा ७ च:५१८० नम्बर को होण्डा गाडी, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, नेपाली रकम एक लाख अन्नठानब्वे हजार तिन सय पचहत्तर , अमेरिकि डलर ३३,जापानी येन १ हजार र लागुअैाषधमा मिसाउने २२ वटा केमिकलको वोतल लगायत बरामत गरिएको बताइएको छ।







