काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्। अन्य जिल्लागत विवरण यस प्रकार छ:
नवलपरासी पूर्व: १५८ जना
गोरखा: ४८ जना
नवलपरासी पश्चिम: ४७ जना
धादिङ: ४५ जना
नुवाकोट: ४१ जना
तनहुँ: ३१ जना
रसुवा: १३ जना
विपद्को चपेटामा परेका २,३०१ जनाको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट १,६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० पुगेको छ। उद्धार तथा राहत कार्यका लागि देशभर ४,८११ जना प्रहरी कर्मचारी परिचालित छन्।






