बाढीपीडितलाई सिन्धुली निर्माण व्यवसायी संघको १ लाख ५१ हजार सहयोग

सिन्धुली । रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीबाट प्रभावित तथा पीडितका लागि सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। संघमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रु. १ लाख ५१ हजार रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको संघका अध्यक्ष उद्धवप्रसाद दाहालले जानकारी दिए। अध्यक्ष दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति […]

अस्पतालबाटै बच्चा चोरी

Nonstop

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट जन्मेको चौविस घण्टा नबित्दै नवजात शिशु चोरी भएको छ। आइतबार राति अपरिचित एक महिलाले बच्चा खेलाउने बहानामा शिशु लिएर बेपत्ता भएकी छन् । सर्लाहीको रामनगर गाउँपालिका–३ की रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मेको २४ घण्टा नबित्दै शिशु  शिशु चोरी भएपछि परिवार चिन्तित छन् […]

बाढी प्रभावित क्षेत्रमा रेडक्रसको प्रतिकार्य थप प्रभावकारी बनाइने

काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवा बाढीपछि नेपाल रेडक्रस सोसाइटीले गरेको तत्कालीन उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै प्रभावितका लागि थप सहयोगमा सरकार र रेडक्रसबीच सहकार्य गर्ने बताएकी छन्। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भेटघाट तथा छलफलमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता […]

बाढीपीडितलाई नक्कली सहयोग गरी प्रचार गर्ने रास्वपा कार्यकर्ता पक्राउ

रामेछाप । बाढीपीडितका लागि १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउन रामेछापका एक रास्वपा कार्यकर्ताले कृत्रिम बौद्धिकता (एआई) को च्याट जिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाए अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको च्याट जिपिटीको प्र्योग गरी नक्कली स्टेटमेन्ट तयार पारी सामाजिक सञ्जालमा […]

सरकारको तथ्यांक : झण्डै १५ हजार मानिस अझै बेपत्ता

काठमाडौं । सरकारले बाढी तथा विपद्का घटनापछि देशभर १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित उद्धार अनुरोध पोर्टलमा राखिएको विवरणअनुसार हालसम्म १४ हजार ९ सय ९ जना सम्पर्कविहीन रहेको उल्लेख छ। तीमध्ये २ हजार ४ सय ७३ जना फेला परिसकेका छन्। पोर्टलको पछिल्लो विवरणअनुसार पछिल्लो २४ […]

भोटेकोशीको बाढीपछि सम्पर्कविहीन कैलालीका २३ जना सम्पर्कमा

कैलाली । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कैलालीका ७९ जनामध्ये २३ जना परिवारको सम्पर्कमा आएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये २३ जना सम्पर्कमा आएका हुन्। अझै ५६ जना सम्पर्कविहीन छन्। सम्पर्कमा आउनेमा गौरीगंगा नगरपालिका–४ राजीपुरका नरेन्द्र साउँद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अविशेर सुनार, रमेश साउँद, गोविन्द ओली, सुनिल बुढामगर, सञ्जय […]

बाढीमा सम्पर्कविहीन पत्रकारको खोजी तथा उद्धार गर्न महासंघको अपिल

fnj valley

  काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पत्रकार तथा उनीहरूका परिवारका सदस्यसमेत सम्पर्कविहीन भएको भन्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग अपिल गरेको छ।   महासंघ उपत्यका प्रदेश समितिले शनिबार प्रेस विज्ञप्तिमार्फत बाढीमा सम्पर्कविहीन पत्रकार तथा नागरिकको तत्काल खोजी र सकुशल उद्धार गर्न सरकार, प्रदेश सरकार, […]

विनाशकारी बाढीबारे चिनियाँ सम्पादक याङ झाओको यस्तो विचार

(याङ झाओ CGTN को विज्ञान–प्रविधि (Sci-Tech) खण्डका प्रमुख सम्पादक हुन्। चिनियाँ समाचार संस्था CGTN का यिनै सम्पादकको टिप्पणी यहाँ सान्दर्भिक देखिएकाले प्रस्तुत गरिएको छ । source : CGTN)  बुधबार नेपाल र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा बगेका विनाशकारी पहिरो तथा हिलोको बहाव (मडस्लाइड) हिमालयको उच्च क्षेत्रमा उत्पन्न भएको हुन सक्ने देखिएको छ। ठूलो हिमनदी अचानक […]

नेता पुनको नेतृत्वमा नुवाकोट आइपुग्यो नेकपा

Barshaman pun

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख तथा पूर्वअर्थमन्त्री वर्षमान पुन बाढीपीडितको अवलोकन र सहयोगका लागि शुक्रबार नुवाकोट आएका छन् । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आफ्नो पार्टीका नेता–कार्यकर्तालाई समेत परिचालन गर्ने उद्देश्यले आफू स्थलगत अनुगमनमा निस्किएको पुनको प्रतिक्रिया दिए । उनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको निरीक्षण गर्दै प्रभावित नागरिकको […]

ललितपुरमा आकस्मिक रक्तदान

नवराज काफ्ले, ललितपुर । विपदमा रगतको अभाव हुन नदिन ललितपुरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा ललितपुर र लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर र योगामाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले ‘रक्तदान […]