हेटौँडा उपमहानगरले आफ्नै हेलिकप्टरबाट गर्यो हेटौंडाबासीको उद्धार

हेटौंडा । रसुवास्थित भोटेकोशीको बाढीका कारण जोखिममा परेका आफ्ना नागरिकको उद्धारका लागि हेटौँडा उपमहानगरपालिकाले सक्रियता देखाएको छ। हेटौँडा–५ पिप्ले ढुङ्गेधारा टोलका आमा निरु खड्का र उनकी छोरी निमिसा खड्कालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीका कारण जोखिममा परेका आमा–छोरीको उद्धार भएपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने व्यवस्था उपमहानगरपालिकाले गरेको हो। उद्धार गरिएका निरु र निमिसालाई नगर प्रमुख […]

उत्तरगयामा स्वास्थ्य सेवासहित उड्दै हेलिकप्टर

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले सरकार आकाशमा मात्र देखिएको आरोप लगाएपछि सरकार उत्तरगयामा देखिने भएको छ । स्वास्थ्य मन्त्री निशा मेहता र सांसद तोसिमा कार्कीको पहलमा सरकारले अस्थायी स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेको हो । रसुवा र नुवाकोटमा आपतकालीन स्वास्थ्य सेवा दिँदै आएको बागमती प्रदेश सरकारको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले उत्तरगयाको […]

रसुवा बाढीपीडितका लागि वडाध्यक्ष घिमिरेले दिए आधा लाख

ललितपुर । रसुवामा बाढीका कारण प्रभावित बनेका नागरिकको उद्धार र राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गरेका छन्। घिमिरेले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्ने निर्णय गरेका हुन्। उनले बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारको कोषमा सहयोग गरेका हुन्। रसुवागढी भन्सार क्षेत्रमा […]

भोटेकोशीको कहर र जलवायु परिवर्तनको प्रभाव

devendra Shrestha

देवेन्द्र श्रेष्ठ दिवाकर, भक्तपुर । चीन र नेपालको सिमानामा रहेको भोटेकोशी नदीको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवागढी, टिम्बुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुलीबजार हुदै त्रिशुली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याएको छ। प्रारम्भिक आँकलन अनुसार, एक विशाल हिमपहिरोले नदी थुनेर अस्थायी ताल बनेको र पछि सोही ताल फुटेर यो बाढी आएको देखिएको छ। ताल […]

मन्त्री पौडेललाई मातृशोक

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समिति संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेललाई मातृशोक परेको छ । उनको आमा गंगादेवी पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । बाह्रबिसेको मानेश्वारास्थित निजी निवासमै बिहीबार बिहान करिब ९ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गंगादेवी शहीद […]

सम्पादकीय : विपद्संग सामना गर्नुको विकल्प छैन

संजीप घिमिरे शुभचिन्तक, काठमाडौ । प्रकृतिक प्रकोपले एकपटक फेरि देशलाई गहिरो शोकमा डुबाएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी जलप्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस्तो विपत्तिमा सबैभन्दा पीडादायी अवस्था आफ्ना परिवारसंग सम्पर्कबिहीन हुनु हो । त्यसैले बेपत्ताको खोजी कार्यमा सम्पूर्ण शक्ति लगाउनुपर्छ । प्राकृतिक विपत्ति भनेर पन्छिने छुट राज्यलाई छैन । विपदपछि […]

चितवनमा ५७ र नवलपुरमा २२ शव भेटिए

चितवन । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीले बगाएर ल्याएका शव चितवन र नवलपुरका विभिन्न तटीय क्षेत्रमा भेटिएका छन् । बाढीपहिरोमा परी ज्यान गुमाएकामध्ये चितवनमा ५७ र नवलपुरमा २२ जनाको शव फेला परेको हो । भोटेकोशीको बाढीले बगाएका शव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा पुगेपछि विभिन्न स्थानमा भेटिएको स्थानीय प्रशासनले पुष्टि  गरेको छ […]

पाकिस्तान नेपालको साथमा छ : पाकिस्तानी प्रधानमन्त्री शरीफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालको रसुवा जिल्ला लगायत बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा बहुमूल्य जीवन गुमेको र ठूलो विनाश भएकोप्रति आफू गहिरो दुःखी भएको प्रधानमन्त्री शरीफले बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवार तथा यस विपत्तिबाट प्रभावित […]

नेपालमा बाढीले पाकिस्तानी दूतावास पनि दुःखी

काठमाडौ । नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति नेपालस्थित पाकिस्तानी दूतावासले पनि दुःख व्यक्त गरेको छ । दूतावासले कठिन घडीमा आफूहरू नेपाली जनताको साथमा रहेको जनाउँदै बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको हो । दूतावासको सार्वजनिक सन्देशमा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित, […]

नेपालको विपत्तिमा भारत दुःखी

काठमाडौ । नेपालमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपत्तिको यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपालको साथमा रहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहसंग टेलिफोन संवाद गर्दै मोदीले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपालीप्रति समवेदना प्रकट गरेका हुन्। मोदीले प्राकृतिक विपत्तिको सामना गरिरहेको नेपाललाई […]