मन्त्री पौडेललाई मातृशोक

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समिति संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेललाई मातृशोक परेको छ ।

उनको आमा गंगादेवी पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । बाह्रबिसेको मानेश्वारास्थित नीजि निवासमै बिहीबार बिहान करिब ९ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

गंगादेवी शहीद शम्भु पौडेलकी आमा समेत हुन् । उनको तीन छोरा र दुई छोरी छन् ।