चितवनमा ५७ र नवलपुरमा २२ शव भेटिए

चितवन । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीले बगाएर ल्याएका शव चितवन र नवलपुरका विभिन्न तटीय क्षेत्रमा भेटिएका छन् ।

बाढीपहिरोमा परी ज्यान गुमाएकामध्ये चितवनमा ५७ र नवलपुरमा २२ जनाको शव फेला परेको हो । भोटेकोशीको बाढीले बगाएका शव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा पुगेपछि विभिन्न स्थानमा भेटिएको स्थानीय प्रशासनले पुष्टि  गरेको छ ।

तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । राति खोजतलास गर्न कठिन भएकाले बिहीबार बिहानैबाट्प्रहरीले ब्यापक खोजबिन गर्ने प्रहरीको भनाइ छ ।

भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको छ ।