भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं पूर्व प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले गगन थापाले सभापति शेरबहादुर देउवासँग भेट्न समय नपाएको विषयलाई लिएर सञ्चारमाध्यममार्फत भइरहेको प्रचारप्रति व्यङ्ग्य गरेका छन् । शेर बहादुर देउवा र गगन थापाबीच भेट गराउने जिम्मा आफूले लिने भन्दै भेटको समय मिलाउन आफू तयार रहेको उनले बताएका हुन् । उनले गगनलाई आफैंसँग […]
Author: Nonstop Khabar
सरकारको स्टन्टले सीमा नाघ्यो : महेश बस्नेत
भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बारामा तीन वर्षीया एक बालिकामाथि भएको बलात्कार तथा हत्याको घटनालाई लिएर राज्यका निकायले संवेदनशीलता गुमाएको आरोप लगाएका छन् । बस्नेतले पीडित परिवारलाई खाना खुवाइएको भिडियो गृह मन्त्रालयबाट सार्वजनिक गरिनु र घटनाका आरोपितको संवेदनशील बयान प्रहरीबाट सार्वजनिक हुनु आपत्तिजनक रहेको बताए । उनका अनुसार यस्ता गतिविधिले पीडित परिवारको गोपनीयता, […]
गरिमा बलात्कार र हत्या आरोपीको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
काठमाडौं । बाराकी ३ वर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी नै प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो खिच्ने र सार्वजनिक गर्नेको आलोचना बढेको छ भने बयान कक्षको गोपनियतामाथि पनि प्रश्न उठेको […]
मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस प्रतियोगिताको मिति सार्वजनिक
भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले सोमबार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे बताएको हो । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० […]
वामपन्थी नेता ज्ञानेन्द्रमानको निधनमा नेकपाको श्रद्धाञ्जली
भक्तपुर । जनजागृती साप्ताहिकका प्रकाशक एवं सम्पादक समेत रहेका पुराना वामपन्थी नेता ज्ञानेन्द्रमान श्रेष्ठको निधन भएको छ । पित्तथैलीको टिबी र मिर्गौलासम्बन्धि रोगबाट ग्रसित श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती र दुई छोरी छन् । जीवनको उत्तरार्थमा रोगले थला पारेपछि श्रेष्ठ परिवारसंग अमेरिकामा रहेका थिए । उनी भक्तपुर-१ नपली (सृजनानगर) निवासी […]
भक्तपुरव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभूत तहतर्फ एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय भएका छन् । हिमालयन ग्लोरी […]
थापामगरलाई एमालेमा अवसरै अवसर, दश वर्षमै वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २(क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्न सफल भएका छन् । उनले बिहीबार सपथग्रहण गरी प्रदेशको सातौ प्रधानमन्त्री बन्न सफल भएका हुन् । प्रदेश सभा सदस्य निर्वाचित भएको करिब चार वर्षको अवधिमा उनले दुई पटक स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाए । […]
भक्तपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
भक्तपुर । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा भक्तपुरको सरकारी कार्यालयका सूचना अधिकारीलाई अभिमुखीकरण गरिएको छ । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले उनीहरूलाई सूचनाको हक सम्बन्धि ऐन-२०६४ बारे अभिमुखीकरण गरेका छन् । बुधबार जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा आचार्यले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको […]
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दनको उम्मेदवारी
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। पाटन सौगल स्थित बि. जि. ट्रेडिङ सेन्टरका सञ्चालक कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक […]
प्रहरीले ५० लाखसम्म घर कर्जा पाउने, यस्ता छन् अन्य सुविधा
काठमाडौं । नेपाल प्रहरीले आफ्ना बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि ५० लाख रुपैयाँसम्मको घर कर्जासहित विभिन्न बैंकिङ सुविधा पाउने भएको छ। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको नयाँ समझदारीअनुसार प्रहरी कर्मचारीले घर, गाडी तथा शैक्षिक कर्जासहित बीमा सुविधासमेत प्राप्त गर्नेछन्। सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारी तथा अवकाशप्राप्त, अमर/सहिद र अशक्त प्रहरी कर्मचारीले अधिकतम ५० लाख […]










