काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी देखिएको र राष्ट्रिय स्वाधीनताको विपक्षमा रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गर्नुपर्ने अवस्था आउन सक्ने बताए। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र […]
Author: Nonstop Khabar
बिपी राजमार्ग चौडा पार्न बन्यो डिपीआर
भक्तपुर । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्रे भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको […]
करदाता प्रोत्साहन पुरस्कार सार्वजनिक
काठमाडौ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख […]
पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरीएको भन्दै सञ्चार सामाग्री समेत जफत गरेको थियो । आफ्ना पतिलाई गैरकानुनी रूपमा पक्राउ परेको […]
पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो
काठमाडौ । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन समारोह आयोजना गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा नेपालमा रहेका पाकिस्तानी समुदायका सदस्य, नेपाली मित्र तथा दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यको सहभागिता थियो। समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफ तथा […]
सेन्ट्रल कलेजमा स्नातक तहका नयाँ विद्यार्थीलाई स्वागत
काठमाडौ । पोखरा विश्वविद्यालयमा आबद्ध सेन्ट्रल कलेज, सिनामंगलले नयाँ शैक्षिक सत्र अन्तर्गत स्नातक तहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ। बिहीबार देखि शुरु कार्यक्रममा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थी सहभागी छन्। कलेजका प्राचार्य […]
सम्पादकीय : प्रेसको मुख थुनेर लोकतन्त्र सुरक्षित हुँदैन
विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत रहेका प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको, सञ्चार सामाग्री कब्जामा लिइएको र सूचनाको श्रोत खोज्ने प्रयास गरिएको घटनालाई केवल एक पत्रकारको पक्राउका रूपमा बुझ्नु हुँदैन । यो घटना नेपालको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको राज्यको दृष्टिकोणसँग जोडिएको विषय हो। अझ, […]
एकैदिन पाँच ठाउँ चोरी गर्ने पक्राउ
ललितपुर । ललितपुरको हरिसिद्धी क्षेत्रमा एकैदिन पाँच ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४, ठैबका ३३ वर्षीय सुरज महर्जन रहेका छन्। प्रहरीका अनुसार साउन २२ गते बिहान करिब ८ बजे ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित रिना महर्जनको घरकोठामा चोरी भएको थियो। चोरीको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा […]
ठूली ब्रह्मायणीमा नमुना सत्तल निर्माण सम्पन्न
भक्तपुर । नवदुर्गागणको उत्पत्तिस्थलका रूपमा परिचित चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा उद्घाटन तथा हस्तान्तरण गरिने भएको छ। यससम्बन्धी जानकारी दिन रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सत्तल–फल्चाका निर्माणकर्ता भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णु प्रसाद किसि प्रजापति र मोहोन प्रसाद किसि प्रजापतिले आफ्ना दिवंगत बुवा तथा […]
पूर्वप्रधानमन्त्री प्रचण्डलाई दुई दर्जन प्रश्न
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति असहज बन्दै गएको बताएका छन् । लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दल र सञ्चार क्षेत्रबीच पुनः सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले नागरिक नै निर्णायक शक्ति भएकोले सही निर्णय लिन सचेत नागरिकले प्रेरित […]










