मध्यपुर थिमिमा भूमिसम्बन्धि समस्या समाधान गर्न नगरपालिका सक्रिय

बाबुराम दाहाल, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रभित्र जग्गा प्रशासनसम्बन्धी समस्या समाधान तथा बाँकी रहेका स्वबासीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरणलाई तीव्रता दिने भएको छ। नगरपालिकामा सोमबार नापी कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद पाण्डेसंगको छलफलपछि स्ववासी जग्गाको पुर्जा वितरण, नाप–नक्सा हुन बाँकी क्षेत्रको नाप–नक्सा तथा वितरण भइसकेका पुर्जा लागू गर्नेलगायत विषयमा महत्वपूर्ण गृहकार्य गरिएको नगरपालिकाका […]

कम्युनिस्ट आन्दोलन अब दुई बिकल्पमा अघि बढ्छ : नेता पुन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन अनन्तले आगामी महाधिवेशनबाट पार्टी पुनर्गठन हुने बताएका छन्। कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने वा दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टीबीच स्वस्थ प्रतिस्पर्धा गर्ने भन्ने विकल्पमा बहस भइरहेको उनले खुलासा गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता […]

महँगोमा ग्यास बेचेको आरोपमा भक्तपुरका एक बिक्रेता पक्राउ

भक्तपुर । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरको दुवाकोटबाट एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा त्वयना किराना पसलका सञ्चालक रहेका छन् । । उनले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोप छ। विशेष सूचनाका आधारमा […]

पत्रकार ढकाललाई मातृशोक

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष हेमराज ढकाललाई मातृशोक परेको छ । पत्रकार ढकालका आमा लक्ष्मी ढकालको ५८ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । काभ्रेको मण्डनदेउपुरस्थित निवासमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई भक्तपुर अस्पतालमा ल्याई उपचार भइरहेको थियो । ह्दयघातका कारण उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक श्रोतले जनाए […]

चार वर्षमा बदलिँदो मध्यपुर थिमि : राजस्व वृद्धि, पूर्वाधार विस्तार र सेवा सुधार

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षमा करको दर नबढाई आन्तरिक राजस्व ९३.३९ प्रतिशतले वृद्धि गर्नुका साथै सडक, ढल, पुल, सार्वजनिक भवन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुर थिमि नगरपालिकाको चार वर्षे विकास र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा […]

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा […]

सिराहामा पेस्तोल, काठमाडौबाट पक्राउ

काठमाडौं । सिराहाको एक घरबाट कटुवा पेस्तोल बरामद भएपछि त्यसका धनी भनिएका एक किशोरलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारीका अन्दाजी १८ वर्षीय मोहम्मद अफरोज राईनलाई काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित ‘२०२० बोयज होस्टल’बाट पक्राउ गरिएको हो। प्रहरीले बुधबार राति विशेष सूचनाको आधारमा अफरोजको सिराहास्थित घरमा खानतलासी गर्दा लुकाइराखिएको कटुवा […]

१२ हजार लिटर तेल बोकेको ट्यांकरमा आगलागी

रौतहट । रौतहटमा पूर्व–पश्चिम राजमार्गस्थित धनसार पुल नजिक  पेट्रोल बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर रौतहटको धनसार पूलनजिक दुर्घटनामा परेको हो । ट्यांकर अनियन्त्रित भई पल्टिएलगत्तै आगो लागेको प्रहरीले जनाएको छ। उक्त ट्यांकरमा करिब १२ हजार लिटर […]

दक्षिण एसियाको दिगो शान्तिका लागि कश्मीर विवादको समाधान हुनुपर्ने पाकिस्तानी भनाइ

काठमाडौ । नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा “कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक तथा रणनीतिक दृष्टिकोण” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो। पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो सन्देशमार्फत भारत प्रशासित जम्मु–कश्मीरका जनताप्रति पाकिस्तानको नैतिक, राजनीतिक तथा कूटनीतिक समर्थन निरन्तर रहने बताएका छन्। उनले संयुक्त […]

बालेन सरकार असफलतातर्फ अघि बढ्यो : विप्लव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरे । उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप […]