प्रतितोला सुनको मूल्यमा ७ हजार ९ सय गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी माहसंघका आनुसार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार […]

ललितपुरका १७ फर्ममा छापा

ललितपुर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । […]

श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा

२०८२ मंसिर १४, काठमाडौं । अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

काठमाडौं । २०८२ पुस १४ गते लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक […]

तत्कालीन गृहमन्त्रीले भने – भदौ २४ नियोजित

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गएको भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भदौ २४ गतेको घटना नियोजित रहेको बताए । उनले भने, ‘त्यस दिन जेनजीहरुले हाम्रो आन्दोलन हाइज्याक भयो भनेर उहाँहरुले नै आह्वान गर्नु भएको छ । यसलाई उग्र […]

साहित्यकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण

बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ गत आइतवार साँझ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत तथा गीता अधिकारीले सहजीकरण गरिएको थियो । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा […]

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा मरासिनी

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठताको आधारमा डा. मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्। एघारौँ तहमा कार्यरत डा. मरासिनी ट्रमा सेन्टरका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। डा. मरासिनी यसअघि पनि ट्रमा सेन्टरको प्रमुख […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो वर्ष पनि ग्रामकाली मावि अमारे प्रथम

gramkali mabi

सिन्धुली । सुनकोशी गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा ग्रामकाली माध्यमिक विद्यालय, अमारेले पुनः प्रथम स्थान हासिल गर्दै आफ्नो खेलकुद प्रभुत्व कायम राखेको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म मुलकोटको […]

भक्तपुर-१ बाट उम्मेदवारमा नेकपाको रोजाइ पराजुली, लवजु र प्रजापति

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टी भक्तपुरले प्रतिनिधि सभाको लागि भक्तपुर-१ बाट सुदर्शन पराजुलीको नाम सिफारिस गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा पराजुली नेकपाको पहिलो रोजाइमा परेका हुन् । पार्टीको प्रदेश समिति सदस्य पराजुली सहकारी बिज्ञ हुन् । सहकारीमार्फत सामूहिक आवास निर्माण गरी नमूना बस्ती बसाल्न सफल नेतृत्व गरेका पराजुली चाँगुनारायण-९ मा कृषि सहकारी […]

पुनर्निमाणमा भक्तपुर मोडेल, जनसहभागितामा उभिँदै इन्द्रायणी द्याेछेँ

Indrayani

भक्तपुर । विकासमा भक्तपुर नगरपालिकाको आफ्नै मोडेल छ । नवयुवादेखि जेष्ठ नागरिकसम्म विकास निर्माणमा उत्तिकै सचेत र सहभागी छन् । नगरपालिकाले ठेकेदारलाई नभई स्थानीय समुदायलाई नै निर्माणको जिम्मेवारी दिने गरेकाले पनि भौतिक निर्माण र पुनर्निर्माणमा स्थानीय जनसमुदाय जोडिएका देखिन्छन् ।   दरवार क्षेत्र नजिकै वडा नम्बर-२ खौमास्थित इन्द्रायणी द्याेछेँ(इन्द्रायणी देवी बस्ने घर) पुनर्निर्माणमा शुक्रबार पूर्व […]