मदनराजको ‘अतीतको झझल्को’ सार्वजनिक

ललितपुर । साहित्यकार मदनराज ताम्राकारद्वारा लिखित आत्मकथात्मक कृति ‘अतीतको झझल्को’ सार्वजनिक गरिएको छ। ललितपुरको जावलाखेलमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले पुस्तक विमोचन गरे। जीवन, संघर्ष र स्मृतिको दस्तावेज ‘अतीतको झझल्को’ पुस्तकमा लेखक ताम्राकारका जीवनअनुभव, जागिरे जीवनका भोगाइ, देश–विदेश भ्रमणका संस्मरण तथा आत्मकथ्यपरक निबन्धहरू समेटिएका छन्। नेपाल बैंकदेखि एभरेष्ट बैंकसम्मको लामो […]

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव : पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीतर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा बोल्दै बस्नेतले राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते […]

भक्तपुर-२ को उम्मेदवारमा दीपशिखाको इन्ट्री

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुर-२ मा उम्मेदवार टुङ्गो लगाएको छ । सो पार्टीका सबैभन्दा ठुला नेता दिलिप प्रजापति भीष्मले प्रत्यक्षतर्फको दावी छोडेर समानुपातिक रोजेपछि युवा नेता रामप्रसाद सापकोटा दीपशिखा प्रत्यक्ष उम्मेदवार बन्ने बाटो खुलेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको जिल्ला समन्वयको बैठकले निर्वाचन क्षेत्र नम्बर २ मा दीपशिखालाई […]

सूर्यविनायक-५ का स्थानीयलाई ट्राफिक सचेतना कार्यक्रम

traffic police

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर र सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा ट्राफिक सचेतना कार्यक्रम शनिबार सल्लाघारीमा सम्पन्न भएको छ । वडा नम्बर ५ मा क्रियाशील विभिन्न टोल सुधार समिति, मुख्य सडक छेउका ब्यवसायी र स्थानीयलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकी प्रमुख […]

सिन्धुली-२ मा नेकपाबाट प्रचण्ड देखि नवयुवा विक्रम रत्नसम्मको उम्मेदवारी प्रस्ताव

सिन्धुली । सिन्धुली–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी प्रस्ताव गरिएको छ। जिल्लामा प्रचण्डसँगै हरिबोल गजुरेल, राजन दाहाल, महेश्वर दाहाल, वसन्त माझी, प्रकाश श्रेष्ठ र पानीराज बम्जनका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा अघि सारिएका छन्। तर, प्रचण्डबाहेक अन्य नाममध्ये कसलाई अन्तिम रूपमा प्राथमिकता दिने भन्ने विषयमा जिल्ला […]

उषा केसीको ‘हिउँफूल’ उपन्यासमाथि चर्चा

शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा आज २०८२ पुस १० गते बिहीबार उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको थियो । अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहेको आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराएका थिए । […]

इताछेँ विनायक बन्यो भक्तपुरको उत्कृष्ट सहकारी

भक्तपुर । भक्तपुर-१ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी ‘उत्कृष्ट सहकारी’ घोषित भएको छ । जिल्ला सहकारी संघ भक्तपुरले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इताछेँ विनायकलाई उत्कृष्ट सहकारी को रूपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघको २७औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार संस्थालाई पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको थियो । सहकारी […]

माओ दिवसको अवसरमा क्रान्तिकारी शक्ति एकतावद्ध बन्न प्रचण्डको अपिल

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायप्रति एकतावद्ध हुन अपिल गरेका छन्। माओ दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र […]

कांग्रेसका उपसभापति भन्छन् – अझै निर्वाचनको वातावरण बनेन

dhanraj Gurung

ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि निर्वाचनको वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसको बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार पक्षले निर्वाचनको वातावरण बनाउन नसकेकै कारण संसद् पुनःस्थापनाको आवाज उठ्न थालेको बताए। उनले भने, “कार्यसम्पादन बैठक आज पनि […]

हर्क शैलीमा समाजका लागि तल्लीन यी हुन् सनोज महत

ललितपुर। सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी छन्। हातमा माइक बोकेर एक व्यक्ति अगाडि उभिएका छन्—लङकोट र बुटमा सजिएका, तर कुनै औपचारिक मञ्चमा होइन । न झिलिमिली ब्यानर छ, न नाराले भरिएको चुनावी सभा। उनी छन्—बस्तीभित्र, जनताकै घरदैलोमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको ‘जनमुखी’ चुनावी यात्राजस्तै शैली अहिले दक्षिण […]