सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा ३२ वर्षीया सुशीला बम्जनको मृत्यु नभई हत्या भएको भन्दै उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोप लगाउँदै पीडितका आफन्त र स्थानीय बासिन्दा पाँच दिनदेखि प्रदर्शनरत छन् । घटनाको निष्पक्ष छानबिन र दोषीलाई […]
Author: Nonstop Khabar
सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान
सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]
सिन्धुपाल्चोक-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सापकोटा सर्वसम्मत
सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो । उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् […]
१८ वर्षमा इताछेँ विनायक सहकारी, स्थापना दिवसमा रक्तदान
भक्तपुर । इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुगेको छ । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरी स्थापना दिवस मनाएको छ। १८ औं स्थापना दिवसका अवसरमा सहकारीले रक्तदान कार्यक्रम र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको संस्थाकी व्यवस्थापक अञ्जली देसेमरुले जानकारी दिइन्। बागमती प्रदेश सभा सदस्य भुवनकेशरी […]
ब्याजदरको दबाबमा नागरिक लगानी कोष
काठमाडौ । नागरिक लगानी कोषमा घट्दो बैंक ब्याजदरका कारण चुनौती थपिएको छ। सहभागीलाई वार्षिक चार प्रतिशतसम्म ब्याज दिँदै आएको कोषले वाणिज्य बैंकबाट अहिले मात्र करिब २.७५ प्रतिशत ब्याज पाउँदा ब्याज व्यवस्थापन कठिन बन्दै गएको हो। बैंकमा राखिएको रकमबाट अपेक्षित प्रतिफल नआएपछि कोषले लगानी रणनीति परिवर्तन गर्न थालेको छ। बैंक निर्भरता घटाउँदै सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, […]
आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बीपी स्मृति वाचनालयको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएको उल्लेख गर्दै फरक विचार राख्ने व्यक्ति र पार्टीमाथि आक्रमण […]
सेयर कारोबारी अग्रवाल प्रहरी हिरासतभित्रै अनसनमा
काठमाडौ । नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिनदेखि प्रहरी हिरासतभित्रै अनसनमा बसेका छन्। गत शुक्रबार पक्राउ परेसँगै उनले खाना त्यागेका हुन्। सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबारमा भ्रामक सूचना प्रवाह गरी कृत्रिम मूल्य वृद्धि गर्दै […]
१६ पालिकाले पाए नयाँ प्रशासकीय अधिकृत
काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गर्दै तीमध्ये १६ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयबाट खगेन्द्र भारतीलाई सुन्या गाउँपालिकामा खटाइएको छ। अछामका चन्द्रकान्त तिमिल्सिनालाई सामाखुसी बरुवा गाउँपालिकामा सरुवा गरिएको छ भने नवलपुर गाउँपालिकाबाट हर्षबहादुर रोकालाई पूर्वीचौकी गाउँपालिकामा पठाइएको छ। पूर्वीचौकी […]
भीजी मोटर्सको ७ सिटे इभी भ्यान सार्वजनिक
काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् । ५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ […]
खेल सुरु भएपछि नियम फेर्नु गलत : वर्षमान पुन
काठमाडौ । सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलहरूले निर्वाचनका लागि वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्। बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको उल्लेख गर्दै दलहरूले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए। खेल सुरु भइसकेपछि नियम […]











