इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै […]
Author: Nonstop Khabar
अमेरिकी भिसाको लागि तीस लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार […]
२५ करोडभन्दा कम पुँजीका उद्योगको सिफारिस प्रदेशबाटै
काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ । उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य […]
सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठन गर्नुपर्ने मन्त्री रावलको माग
काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन […]
नयाँ तीज गीत दिक्क लाईसक्यो सार्वजनिक(भिडियोसहित)
मेरो बूढो भनेकै मान्दैन, टुप्पीको रौं जत्ति नि ठान्दैन । अब के गरौं ? दिक्क लाईसक्यो, मलाई दिक्क लाईसक्यो । हाँसौं कि रोउँ म दिक्क लाईसक्यो ।। हो, यो दिक्क अधिकांश श्रीमतीहरुको साझा दिक्क हो । श्रीमतीलाई आफ्ना श्रीमानले दिक्क लगाएको विषय समेटेर नयाँ गीत सार्वजनिक भएको छ । महिलाहरुको महान पर्व हरितालीका तीजलाई लक्षित […]
धार्मिक तथा सामाजिक अगुवाहरूसँग छलफलमा सभापति लामिछाने सक्रिय
काठमाडौ । सुनसरी, सिरहासहित देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक सद्भाव खलबलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न र शान्ति पुनर्वहालीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक तथा सामाजिक अगुवाहरूसँग छलफल थालेका छन्। शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका धार्मिक अगुवाहरू मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग गहन […]
अत्यन्त संवेदनशील घडीमा प्रधानमन्त्रीको पहिलो सम्बोधन
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीका नाममा सम्बोधन गरेका छन् । पढ्नुहोस पूर्णपाठ आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। १) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई […]
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । पौडेलले केही बेरअघि एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको […]
नेपाल धितोपत्र बोर्डले तीन ब्रोकरलाई गर्यो कारबाही
नेकाठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को […]
आज गुरु पूर्णिमा, गुरुलाई सम्मान र आदर्शलाई आत्मसात गर्ने दिन
“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥” यस संस्कृत श्लोकले गुरुको महिमालाई अत्यन्त उच्च स्थानमा स्थापित गरेको छ। यसको अर्थ, गुरु सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर समान हुनुहुन्छ। गुरु नै प्रत्यक्ष परब्रह्म स्वरूप हुनुहुन्छ, त्यस्ता श्रीगुरुलाई मेरो नमस्कार छ। आज गुरु पूर्णिमा । यो हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि […]










