मेरो बूढो भनेकै मान्दैन,
टुप्पीको रौं जत्ति नि ठान्दैन ।
अब के गरौं ?
दिक्क लाईसक्यो, मलाई दिक्क लाईसक्यो ।
हाँसौं कि रोउँ म दिक्क लाईसक्यो ।।
हो, यो दिक्क अधिकांश श्रीमतीहरुको साझा दिक्क हो । श्रीमतीलाई आफ्ना श्रीमानले दिक्क लगाएको विषय समेटेर नयाँ गीत सार्वजनिक भएको छ ।
महिलाहरुको महान पर्व हरितालीका तीजलाई लक्षित गर्दै देवश्री फ्लिम्जले ‘दिक्क लाइसक्यो’ शुक्रबार साँझ युट्युबमार्फत सार्वजनिक गरेको हो ।
भूठान लगायतका चलचित्रका निर्माता समेत रहेका गीतकार अवीरल थापाको शब्दमा ऊनीएको गीतमा संगीतकार किरण भुसालले संगीत भरेका छन् । यो गीत दीपिका बयम्बुको जादुमय स्वरमा सजिएको छ भने उनलाई गायिकाद्वय बेनिसा पौडेल र सुनिता बिकले साथ दिएका छन् ।
गीतको म्युजिक भिडियो निर्देशक वर्षा पौडेलले निर्देशन गरेकी छन् । जसलाई रोहिया महर्जनले उत्कृष्ट कोरियोग्राफीमार्फत आकर्षक बनाएकी छन् ।







