२०८३ असार २५, काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२” का लागि प्राप्त ३०० भन्दा बढी कवितामध्येबाट उत्कृष्ट २५ को परिणाम सार्वजनिक गरेको छ । सो प्रतियोगितामा उत्कृष्ट २५ कवितामा क्रमशः १.जागौँ वीर युवा, विपेन आदिमा, २. जेनजीबहादुर, सुनिता अधिकारी, ३. कवितामा देश, तुलसी घिमिरे, ४. प्रेमका परम गणितहरू, […]
Author: Nonstop Khabar
शैक्षिक परामर्श क्षेत्र सरकारसंग असन्तुष्ट
नवराज काफ्ले, काठमाडौं । एउटा विद्यार्थीले वर्षौंको सपना बोकेर विदेश जाने बाटो रोज्दा त्यससँगै अभिभावकको जीवनभरको बचत र भरोसा पनि जोडिएको हुन्छ । त्यही भरोसालाई संस्थागत, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य लिएर सरकारले तयार पारेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ आज मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । शैक्षिक […]
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ८५.३७ प्रतिशत पुग्यो
आकाश गजुरेल, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी १ लाख २९ हजार १ सय १४ परीक्षार्थीमध्ये ८३ हजार ५ सय २३ जना […]
ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोलको प्यानल घोषणा, महासचिवमा कँडेल
काठमाडौ । ठमेल पर्यटन विकास परिषद निर्वाचनका लागि राजुमान डङ्गोल नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। परिषद्को वार्षिक साधारणसभा तथा निर्वाचन असार २७ गते नयाँबजारस्थित मल्टी भेन्युमा हुँदैछ। अध्यक्ष उम्मेदवार डङ्गोल परिषद्मा एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उम्मेदवार हुन्। उनले ठमेललाई सुरक्षित, व्यवस्थित र विश्वस्तरीय पर्यटकीय गन्तव्यका […]
शे–फोक्सुण्डोमा तालिम
डोल्पा । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँमा पर्यटकलाई दिइने सेवाको गुणस्तर बढाउन होटल ब्यवसायी र होमस्टे सञ्चालकलाई तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा गाउँपालिकाले तालिम सम्पन्न गरेको हो । शे–तालिममा आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि गर्ने उदेश्यले सैद्धान्तिक र व्यवहारिक सीपको प्रशिक्षण दिएको होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज […]
सार्वजनिक स्थलमा अङ्ग प्रदर्शन गरेको अभियोगमा अधिकृत पक्राउ
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर २ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको अभियोगमा ५५ वर्षिय एक पुरुष पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति बैतडी स्थायी घर भइ इमाडोलमा बस्दै आएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरमा विद्यालय निरीक्षक रहेका उनी हाल शिक्षा अधिकृतको रुपमा रक्षा मन्त्रालयमा कार्यरत रहेका […]
नयाँ सरकारको पनि पुरानै प्रवृत्ति, करिब ४ अर्ब रकमान्तर
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको आकार ६.६१ प्रतिशत हुन […]
सूचना प्रविधिमार्फत दिगो वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन सम्पन्न
ललितपुर । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा शनिबार आयोजित एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), विशाल तथ्याङ्क विश्लेषण, ब्लकचेन प्रविधि, क्लाउड कम्प्युटिङ, वित्तीय प्रविधि (फिनटेक), साइबर सुरक्षा […]
बैंकमा निक्षेप संकलन लगातार बढिरहँदा कर्जायोग्य रकम फालाफाल
काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा पनि घटेको छ । वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको हो । एक महिनाको अवधिमा सीडी रेसियो ०.३३ प्रतिशत बिन्दुले घटेको हो । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकको सीडी रेसियो घटेको छ भने ८ बैंकको बढेको छ । […]
नमुना बन्दै सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन
सिन्धुली । एक समय उजाड, सुख्खा र वनविहीन बनेका डाँडापाखाहरू स्थानीय उपभोक्ताको सक्रिय संरक्षण र दिगो व्यवस्थापनका कारण अहिले हराभरा, आकर्षक र जैविक विविधताले सम्पन्न वन क्षेत्रमा परिणत भएका छन्। संरक्षणसँगै वनलाई स्थानीयको उपभोग तथा आयआर्जनको स्रोतका रूपमा विकास गरिएपछि सिन्धुलीको दूधौली नगरपालिका–१, कुर्थौलीस्थित बिचित्रा ठाकुर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा […]











