काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमा पुगेपछि नेपाली वाम राजनीतिमा फेरि एकपटक तरङ्ग पैदा भएको छ। प्रदेश सरकारको नेतृत्व बाँडफाँट र संयुक्त सरकार गठनसम्बन्धी सहमतिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठनको बहसलाई समेत नयाँ ऊर्जा दिएको देखिन्छ । शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा एमाले अध्यक्ष […]
Author: Nonstop Khabar
नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा नयाँ नेतृत्व
भक्तपुर । नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुर जिल्ला समितिमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पत्रकार चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सुरेश श्रेष्ठ र महिला उपाध्यक्षमा रेणु त्वानावासु त्यसैगरी सचिवमा देवेन्द्र प्रजापति, र कोषाध्यक्षमा प्रकाश मल्ल निर्वाचित भएका छन् । सहसचिव (खुला) सत्यराम कासिछ्वा र समावेशीमा […]
तीन सन्तान जन्माउने परिवारलाई पुरस्कार
स्याङ्जा। घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मापदण्ड पूरा गरेका १७ परिवारले यस कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गरेका छन्। गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार योग्य परिवारलाई तेस्रो सन्तान जन्मिएपछि दुई वर्षसम्म मासिक […]
आज हरिशयनी एकादशी, यस्तो छ महत्त्व
काठमाडौं । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजा गर्ने परम्परा आजदेखि सुरु भएको छ । यस दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ। सनातन वैदिक परम्पराअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा जाने र कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागृत हुने विश्वास छ। यही चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। किन गरिन्छ […]
पहिरोले लियो बालकको ज्यान
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा बसेर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र […]
बारीमा ४ वर्षीया बालिकाको विभत्स शव
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्। शुक्रबार दिउँसो ४ बजेदेखि घरबाट हराएकी उनको शव साँझ घरदेखि करिब २ सय मिटर पूर्वतर्फ रहेको बारीमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कायानत स्थानीय जफारुल मियाँकी छोरी हुन् । उनी अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएपछि परिवार […]
ईभी अनियन्त्रित हुँदा ८ सवारीमा क्षती : चालकको मृत्यु, सात घाइते
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्त महाराजगञ्ज अगाडि बिहीबार साँझ ईभी माइक्रो अनियन्त्रित भई एकपछि अर्को सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साँझ करिब सबा ७ बजे बसुन्धराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले अगाडि रहेका सवारीसाधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो। […]
जनविश्वास बटुल्दै ख्वप अस्पताल, एकै वर्षमा ३ लाख २७ हजारको उपचार
भक्तपुर । स्थानीय तहले सञ्चालन गरेको अस्पतालले पनि गुणस्तरीय, भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्छ भन्ने उदाहरण बनेको छ, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल। सेवा विस्तार, आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र सातै दिन नियमित उपचार सेवाका कारण अस्पतालप्रति जनविश्वास निरन्तर बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले भक्तपुरसहित देशका ७४ जिल्लाका ३ […]
सर्पदंश बढेपछि विद्यालयमै सचेतना अभियान
रूपन्देही। पछिल्लो समय रूपन्देही जिल्लामा सर्पदंशका घटनाहरू बढ्दै गएपछि विद्यालयस्तरबाटै जनचेतना फैलाउने अभियान सुरु गरिएको छ। धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पदंशबाट बच्ने उपाय तथा सर्प संरक्षणसम्बन्धी समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका हुन्। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई विषालु र अविषालु सर्पको पहिचान, सर्पदंशबाट बच्ने […]
जलेको कार भित्र पुरुषको शव फेला
काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित सुप्लाङकोटमा पार्किङमा राखिएको एक कार आगलागी हुँदा कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो निभाएपछि कारभित्र जलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन । पार्किङमा रहेको कारमा अचानक आगो लागेपछि स्थानीयवासी र प्रहरीको […]









