काठमाडौ । नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारले आयोजना गरेको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६ मा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १६ की वडा […]
Author: Nonstop Khabar
सोसल मिडियामा स्टन्ट गरेर होइन, विचार र कर्मले नेता बन्न प्रचण्डको आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियामा स्टन्ट गरेर जनतालाई भ्रमित पारेर नेता बन्ने प्रवृत्तिलाई ‘रोग’को संज्ञा दिँदै विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति गर्न आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले उनले सोसल मिडियामा स्टन्टबाजी गरेर क्षणिक लोकप्रियता कमाउने र त्यसैका आधारमा जनतालाई […]
ललितपुरमा बुद्धिचाल प्रतियोगिता
महालक्ष्मी नगरपालिका वडा नं ९ को आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत सामाजिक कार्यक्रमअनुसार तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता शुक्रबार लामाटारमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले गरेका छन्। वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, बागमती प्रदेशका पूर्व प्रदेशसभा […]
सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जनको काम शुरु भइसक्यो : महानिर्देशक पौडेल
काठमाडौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम सुरु भइसकेको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए। उनका अनुसार पाठ्यपुस्तक लेखनका […]
डान्सबार, मसाज तथा स्पा सेन्टरमा प्रहरीको एक्सन
काठमाडाैं । प्रहरीले काठमाडाैंका विभिन्न डान्सबार, मसाज तथा स्पा सेन्टरमा छापा मारेर पाँच जना पक्राउ गरेकाे छ । काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्युरोबाट खटिएको प्रहरीले छापा हानेकाे हाे । प्रहरीले काठमाडौं […]
रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपियाँ धरौटी राखेर छोड्न आदेश दिइएको छ । […]
सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी मत, पोखरेल प्यानलबाट दुई पदाधिकारी मात्र बिजयी
काठमाडौ । नेकपा एमालेको ११ औं महाधिवेशनमा महेश बस्नेतले सचिव पदमा सर्वाधिक लोकप्रिय मतसहित प्रथम स्थान हासिल गर्दै बिजय प्राप्त गरेका छन् । १ हजार ५ सय ४४ मत सहित सचिव पदमा सबैभन्दा बढी मतका साथ बस्नेत बिजयी भएका हुन् । उनी जेनजी आन्दोलनपछि एक्लिएको एमालेलाई उठाउन अग्रणी भूमिका खेल्दै आएका भक्तपुरको गुण्डुनिवासी नेता हुन् […]
भक्तपुरलाई नमुना नगरको रुपमा विकास गर्ने कोशिस गर्दैछौं- प्रमुख प्रजापति
२००६ सालमा भक्तपुर म्युनिसिपालिटीको रुपमा स्थापना भएको आजको भक्तपुर नगरपालिका २००७ सालमा नगर पंचायत, २०१० सालमा नगरपालिका, २०१९ सालमा नगर पंचायत, २०४५ सालमा नगर पंचायत समिति हुँदै २०४७ साल जेठ ३० गतेदेखि हालसम्म नगरपालिकाको नाउँमा संचालित छ । नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा निर्वाचित भएर सेवा गर्नुभएका जनप्रतिनिधिहरु, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भक्तपुरको विकासमा योगदान […]
७६ वर्षमा भक्तपुर नगरपालिका: योमरी प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण
भक्तपुर । ७६ वर्ष पुगेको जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नगरी आफ्नो असल अभ्यास, सुशासन र सांस्कृतिक प्रतिबद्धताको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ। नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजेतालाई पुरस्कार, सहभागीलाई प्रमाणपत्र तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसहित बुधबार भव्य समारोहबीच स्थापना दिवस सम्पन्न भएको हो । […]
एमाले महाधिवेशनमा मतदान भइरहँदा बालकोटकै एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
ललितपुर । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास रहेको भक्तपुरस्थित बालकोटकै एमाले नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । भक्तपुरको बालकोट–२ वडाबाट एमालेका नेता तथा कार्यकर्ताहरू आज नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका हुन्। नेकपा संयोजक प्रचण्डले उनीहरूलाई पार्टी प्रवेश गराएका […]









