जलेको कार भित्र पुरुषको शव फेला

काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित सुप्लाङकोटमा पार्किङमा राखिएको एक कार आगलागी हुँदा  कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो निभाएपछि कारभित्र जलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।

पार्किङमा रहेको कारमा अचानक आगो लागेपछि स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) सम्पन्न गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको बताइएको छ ।