नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर । नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुर जिल्ला समितिमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पत्रकार चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा  सुरेश श्रेष्ठ र महिला उपाध्यक्षमा रेणु त्वानावासु त्यसैगरी सचिवमा देवेन्द्र प्रजापति, र कोषाध्यक्षमा प्रकाश मल्ल निर्वाचित भएका छन् । सहसचिव (खुला) सत्यराम कासिछ्वा र समावेशीमा विमला शाक्य रहेकी छन् ।

नवनिर्वाचित सदस्यहरूमा विरेन्द्र खाइजु, उषाकिरण राणा श्रेष्ठ, रविन्द्र किजु र नेत्रमान कर्माचार्य छन् । सिङ्गो कार्यसमिति नै सर्वसम्मत रूपमा निर्वाचित भएको दबूका केन्द्रीय नेता बाबुकाजी साँछे श्रेष्ठले बताए ।

अधिवेशनकै अवसरमा पत्रकार नारायणसुन्दर किलम्बुलाई “स्व. हरिलाल व श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा:” पुरस्कार प्रदान गरिएको थियो ।  १० हजार रुपैयाँ नगदसहितको सो पुरस्कार मध्यपुर थिमि निवासी फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा स्थापना गरेका बताइएको छ ।