रहेनन् पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।

जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारत उनको मंगलबार अपराह्न ३ बजेर ११ मिनेट जाँदा  निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो ।

लामो समय देखी क्यान्सर रोगले ग्रस्त दुई सातादेखि हेलियस अस्पतालको आई.सि.युमा रही उपचाररत रहेका थिए । उनको उपचारमा बरिष्ठ नेफ्रोलोजिष्ट डा. निरज सिंह र आई.सि.यु क्रिटिकल केयर युनिटका बरिष्ठ डा बिश्ब श्रेष्ठ सहितका बिज्ञ टोली संलग्न थियो ।

श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा पुर्याइ अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको पार्टी श्रोतले बताएको छ ।

स्याङ्जा जन्मथलो भएका श्रेष्ठ नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री रहनुका साथै शिक्षा मन्त्रालय, वन मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।