
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष हेमराज ढकाललाई मातृशोक परेको छ ।
पत्रकार ढकालका आमा लक्ष्मी ढकालको ५८ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । काभ्रेको मण्डनदेउपुरस्थित निवासमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई भक्तपुर अस्पतालमा ल्याई उपचार भइरहेको थियो । ह्दयघातका कारण उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारिक श्रोतले जनाए अनुसार शुक्रबार राति नै उनको पार्थिव शरीर पशुपतिस्थित आर्यघाट पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
स्वर्गीय लक्ष्मी ढकाल विगत ५ वर्षदेखि मुटु र पेटसम्बन्धी समस्याले ग्रसित थिइन् । उनका दुई छोरा र एक छोरी छन् । पत्रकार ढकाल उनको जेठा छोरा हुन् ।
पत्रकार ढकालको आमाको निधनप्रति ननस्टपखबर दु:ख व्यक्त गर्दछ ।







