नेपालमा बाढीले पाकिस्तानी दूतावास पनि दुःखी

काठमाडौ । नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति नेपालस्थित पाकिस्तानी दूतावासले पनि दुःख व्यक्त गरेको छ ।

दूतावासले कठिन घडीमा आफूहरू नेपाली जनताको साथमा रहेको जनाउँदै बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

दूतावासको सार्वजनिक सन्देशमा बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित, बेपत्ता तथा आफ्ना प्रियजन गुमाएका सबैप्रति ऐक्यबद्धता र प्रार्थना गरिएको छ ।

नेपालमा विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा नेपाली जनतासँग आफूहरू साथमा रहेको जनाउँदै दूतावासले सबै प्रभावितको सुरक्षा तथा अवस्थाको सुधारका लागि कामना गरेको छ ।