इरानमाथि अमेरिकाले गर्‍यो तीन घन्टा लामो आक्रमण

काठमाडौँ । अमेरिकी हमलापछि इरानले पनि मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूमा हवाई हमला गरेर जबाफ दिएको छ। बहराइन, कुवेत र जोर्डनमा इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको थियो। बहराइनमा रहेको अमेरिकी नौसेनाको मध्यपूर्व कमान्ड सेन्टर फिफ्थ फ्लिटलाई लक्ष्य गरेको छ। बहराइनमा बिहानैदेखि साइरन बजिरहेको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। कुवेतको अमेरिकी सैन्य […]

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

तेहरान । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै रहेको दाबी गरेको छ। यस हप्ता फेरि भड्किएको तनाव आइतबार पनि जारी रह्यो। इरानले एक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका १४० भन्दा बढी ठेगानामा आक्रमण गरेको बताएको छ। इरानले भने उक्त जहाजले अनुमति नलिएको मार्ग […]

इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

काठमाडौं । इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ । सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको जनाएका छन् । विशाल सुनौलो गुम्बज र सुनले मढिएका मिनारहरूले सजिएको यो धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण […]

इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला, इरान भन्छ- कडा जवाफ दिनेछौं

काठमाडौं । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने […]

इरानमाथि अमेरिकाको हवाई आक्रमण नरोकिएपछि संकटमा युद्धविराम सम्झौता

वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि अर्को चरणको हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति भएको आक्रमण–प्रत्याक्रमणपछि ‘आज राति फेरि उनीहरूलाई कडा प्रहार गर्नेछु’ भन्ने संकेत दिएलगत्तै यी आक्रमण भएका हुन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी भागका सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन् । यी दुवै बन्दरगाह सहर […]

अमेरिकाद्वारा इरानमाथि व्यापक हवाई हमला

वाशिङटन डीसी । स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, […]

अंकारामा आजदेखि सुरु भयो नेटो शिखर सम्मेलन

काठमाडौँ । टर्कीको राजधानी अंकारामा मंगलबारदेखि दुईदिने नेटो शिखर सम्मेलन सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन पुनः दबाब दिइरहेका बेला सम्मेलन सुरु भएको हो । त्यसको जवाफस्वरूप युरोपेली देशहरूले अर्बौं डलर बराबरका नयाँ सैन्य सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ । गत वर्षको नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले […]

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्। सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए। यद्यपि, इरानका नयाँ सर्वोच्च […]

खामेनीलाई अन्तिम श्रद्धाञ्जलिको तयारी, लामो समयपछि सार्वजनिक भए क्रान्तिकारी गार्ड प्रमुख

तेहरान । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टिको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का वरिष्ठ कमाण्डर जनरल अहमद वाहिदी अचानक सार्वजनिक भएका छन्। उनको उपस्थितिलाई इरानको आन्तरिक शक्ति सन्तुलन र सम्भावित राजनीतिक संक्रमणसँग जोडेर हेरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा वाहिदी खामेनीको […]