ताइवानलाई अर्बौंको हतियार बेच्न लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध

एजेन्सी । ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी बोइङको सेन्ट लुइसस्थित रक्षा शाखासहित नर्थरोप ग्रुम्यान सिस्टम्स कर्पोरेसन र एल–३ह्यारिस म्यारिटाइम सर्भिसेसजस्ता कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा राखिएको जनाएको छ। प्रतिबन्धमा परेका व्यक्तिहरूमा एन्डुरिल इन्डस्ट्रिजका संस्थापकसहित ती कम्पनीका ९ जना […]

बस र लरी ठोक्किँदा कर्नाटकमा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र […]

रूसी वरिष्ठ जनरल मारिएको ठाउँ नजिक फेरि विस्फोट, दुई प्रहरीको मृत्यु

काठमाडौँ । रूसको राजधानी मस्कोमा बम विस्फोट हुँदा २ प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। एक व्यक्ति शंकास्पद गतिविधि गरिरहेको जस्तो देखिएपछि दुई जना प्रहरी अधिकारी ती व्यक्ति नजिक पुगेका थिए। उनीहरू नजिक पुग्नासाथ ठूलो आवाजसहित विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विस्फोटमा परी दुई प्रहरी अधिकारी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। […]

दक्षिण अफ्रिका : रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि […]

इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख […]

डिभीमार्फत अमेरिका छिरेका व्यक्तिले गोलीकाण्ड मच्चाएपछि ट्रम्पले स्थगित गरे चिठ्ठा कार्यक्रम

काठमाडाैँ । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्। आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको पुष्टि गर्दै उक्त कार्यक्रमका कारण अमेरिकी सुरक्षामा खतरा पुगेको दाबी गरेकी छन्। विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले […]

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध उक्त मुद्दा दायर गरेका हुन् । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर […]

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना […]

ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन

काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले […]

भ्रष्टाचार आरोपमा चिनी बैंकरलाई मृत्युदण्ड

बेइजिङ । चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मंगलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।  चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी […]