नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

काठमाडौं । शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न […]

एच-वानबी भिसाका लागि १ लाख डलर असुल्दै अमेरिका, अरू के छन् अमेरिका छिर्ने उपाय ?

काठमाडौं । अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाका लागि १ लाख डलर आवेदन शुल्क लिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि एच-वानबी भिसाको आवेदन शुल्क १२५० डलरदेखि ७५ सय डलरसम्म थियो। यसका अतिरिक्त ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधा […]

फ्रान्समा सरकारको विरोध गर्दै हजारौं मानिसहरू किन निस्किए सडकमा ?

काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ। […]

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

ब्रासिलिया। २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले […]

World Climate Change Congress Kicks Off in Kathmandu

Kathmandu – The World Congress on Climate Change and Its Impacts (CCIE-2025) has commenced at Central College, Sinamangal, Kathmandu. The event was inaugurated on Saturday by Prof. Dr. Bedraj K.C., Vice-Chancellor of Pokhara University. The three-day congress running until Monday, has drawn the participation of around 200 representatives including experts, scientists, and academicians from 21 […]

युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव अस्वीकार, सेनालाई निशाना बनाउने पुटिनको चेतावनी

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव अस्वीकार गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाई मार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए। तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे […]

अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय नाघ्यो

काठमाडौँ — अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय भन्दा बढी पुगेको छ । आइतबार मध्यरात (सेप्टेम्बर १, ११:४७ बजे) पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट परी १ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै रोयटर्सले अन्य ३१ सय २४ जना घाइते भएको र ५४ सय भन्दा धेरै […]

बेइजिङमा चिनियाँ भव्य सैन्य परेड (फोटो फिचर)

बेइजिङ । चीनको राजधानी बेइजिङमा चिनियाँ भव्य सैन्य परेड भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने बताएका छन् । उनले चीन सधैं अगाडि बढिरहने देश भएको दाबीसमेत गरेका छन् । सी जिनपिङले तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको […]

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्। सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी […]

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन पुगेका छन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ। ती कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा […]