२०८१ साउन २४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई “सापस विशिष्ट सर्जक सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहेका छन् । यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ […]
साहित्य
व्यथित काव्य सम्मानबाट कविहरु मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने
२०८१ साउन २२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस […]
चक्रपाणि खुला कथा प्रतियोगिताका लागि इमेलमार्फत कथा माग
साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने प्रथम द्वितीय र तृतीय स्थानमा पर्ने कथाका लागि क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित […]
भ्रष्टाचार विरुद्धको गीत पुरस्कार “जनतालाई रुवायो”लाई प्रदान गरिने
२०८१ असार २६, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१” को लागि आयोजित भ्रष्टाचार “विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि “जनतालाई रुवायो”लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले प्रेसित […]
साहित्यिक पत्रकारितामाथि बृहत् विमर्श
२०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए । सो कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा […]
दाहाल र बेल्बासेलाई साहित्यिक पत्रकार संघद्वारा ‘व्यथित काव्य सम्मान’ हुने
२०८० चैत ७, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासेलाई “व्यथित काव्य सम्मान-२०८०” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८०” कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ । सो निर्णय साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष […]
बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल
काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]
पोर्चुगलबाट अन्तर्दृष्टिको स्वर्ण अङ्क लोकार्पण
२०८० फागुन २६ शनिवार । युरोपको पोर्चुगलमा भएको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा लगायत सम्मेलनमा सहभागी मञ्चासीलन अतिथिहरुबाट अन्तर्दृष्टिको पचासौँ अंक अर्थात् स्वर्ण अंक लोकार्पण भएको छ । सन् १९९१ देखि प्रकाशन भएको यस अन्तदृष्टिको प्रथम प्रधान सम्पादक अनेसासका संस्थापक सदस्य श्री पुरुषोत्तम सुवेदी हुन् । प्रवासमा नेपाली भाषा साहित्य, […]
ईश्वरी भट्ट हुने भए अनेसास हिरो
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्यबमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको […]