भक्तपुर । चक्रपाणि स्मारक प्रतिष्ठानले साहित्यकार चक्रपाणि चालिसेको १४३ औं जन्मजयन्ती मनाएको छ । सूर्यविनायक- ५, कटुञ्जेस्थित चक्रपाणि चोकमा आयोजित विशेष समारोहमा प्राडा दयाराम श्रेष्ठलाई रु. २० हजार राशिसहितको चक्रपाणि स्मरण पुरस्कारद्वारा सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार एवम् प्रशिद्ध साहित्यिक पत्रकार रोचक घिमिरेले श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै उनी इमानदार अध्ययता, शिल्पी […]
साहित्य
बरिष्ठ आख्यानकार विन्द्या सुब्बा पोखरामा सम्मानित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की बोर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई गत सोमवार पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गरेको छ । भारतको दार्जिलिङबाट आएकी बरिष्ठ आख्यानकार विन्द्या सुब्बाले सो अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले पुस्तक हस्तान्तरण गरेकी छन्। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले भनिन्– “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई […]
नेपाल भाषाका दुई कृति क्यानाडामा लोकार्पण
क्यानाडा । क्यानाडियन नेवाः गुठीको आयोजनामा नेपालभाषामा लेखिएका दुई कृतिहरूको क्यानाडामा लोकार्पण गरिएको छ । टोरोन्टोस्थित नमस्ते पेभिलियन रेष्टुराँमा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली (अगिब बनेपाली)को “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया अध्ययन” र साहित्यकार सुमा श्रेष्ठको “पाप परिमोचन” लोकार्पण गरिएको हो । बनेपालीको अनुसन्धात्मक कृति “मूस्वां चिबाखंया सामाजिक यथार्थवाद व मनोवैज्ञानिकवादया […]
मधिकर्मी र गौतमलाई ग्वंग सिरपा सम्मान
भक्तपुर । साहित्यिक सम्मान सङ्गम-२०५० को आयोजनामा शनिबार दुई ख्यातिप्राप्त साहित्यकारलाई ‘ग्वंग सिरपा सम्मान २०८२’ प्रदान गरिएको छ। सो सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार ध्रुव मधिकर्मी र प्राध्यापक लक्ष्मण प्रसाद गौतम रहेका छन्। उनीहरूलाई नगद ५० हजार ५ रूपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा संस्कृतविद र सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मानेको […]
पाठकद्वारा लिखित र सम्पादित तीन कृति एकैसाथ सार्वजनिक
काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथा सङ्ग्रह ‘तेल भिसा’, कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ र उनको सम्पादन रहेको ‘सर्जक गणेश रसिक स्मृति अंक–नारीस्वर’ शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना साहित्यिक पत्रकार संघ नेपालले गरेको थियो भने संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। मुख्य अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]
पढ्नुस् मेयर बालेनको विवादित कविता
सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन। मिथ्याजस्तो ठूलो अभिमान, कुनै शान हुँदैन। जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर। आकाशझैँ विशाल, स्पर्शझैँ सूक्ष्म, सगरमाथाझैँ हिमाल, थोपाझैँ पूर्ण। सत्यको कुनै दाम हुँदैन, सत्यको दुबै कान हुँदैन , समर्पण हुन्छ , दान हुँदैन , कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन, नाम हुँदैन। (सामाजिक […]
किसानझैं फोहोर भन्ने मेयर बालेनको अभिव्यक्ति प्रति किसान बिष्टको आपत्ति
काठमाडौ । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन साह) ले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै ‘किसानझैं फोहोर’ भन्ने अभिव्यक्ति दिएपछि राजनीति त्यागेर हाल खेतीकिसानी गरिरहेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। “तिमी किसानलाई फोहोर देख्छौ, तर, यही किसानले उब्जाएको अन्न खान्छौ कि खादैनौ? बिष्टले भावनात्मक र प्रश्नात्मक शैलीमा बालेनलाई प्रश्न गरेका छन् […]
एउटा अजङ्गको घडी !
एउटा अजङ्गकाे घडी यति ठूलाे हाेस् कि बरू घण्टाघर सानाे बनाेस् यति अग्लाे कि धरहराभन्दा थाेरै हाेचाे हाेस् जसलाई टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस् सेकेन्ड र मीनेटका सुईँहरू भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन् सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन डिङडङडिडङ आवाज आइरहाेस् ! मानिसलाई समय मात्र नजनाओस् ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस् […]
प्रकृतिले मुखौटा लगाउँदैन
दिउँसोको उज्यालो! रातिको निलो शान्त, शौम्य, मौनता! जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ, चन्द्रमा चम्किरहन्छ, समय बदलिन्छ, तर नियम एउटै रहन्छ। प्रकृतिले मुखौटा लगाउँदैन, न त आफ्नो रङ्ग फेर्छ! तर यहाँ! मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर; आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ। पूर्णचन्द्रको उज्यालो कसले चोर्ने? त्यो शीतलता, त्यो मौनता, त्यो अविभेद प्रेम! जसरी […]
“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण
भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]











