सर्लाही । मिस नेपाल २०२६ को प्रतिस्पर्धामा मिस पपुलर च्वाइसमा भोटिङ शुरु भएसंगै प्रतियोगिताको चर्चा सुरु भएको छ ।
यस प्रतियोगितामा सर्लाहीकी अर्विसा थापा पनि टप २४ फाइनलिष्टमा पर्दै उपाधि होडमा रहेकी छन् । मधेश प्रदेशको सर्लाही जिल्ला बागमती नगरपालिकाकी थापा प्रतियोगी अंक २३ नम्बर सहित उपाधिको मैदानमा छिन ।
प्रतिभालाई सम्भावना र अवसरसंग जोड्दै सशक्तीकरण र समाज रुपान्तरणमा लाग्ने लक्ष्य राखेकी थापाले आफुलाई भोट गर्न आह्वान गरेकी छन् ।
थापा सहित अन्य २३ जना प्रतिस्पर्धी रहेको यो विधा जिते सिधै फाइलनमा पुग्ने भएकाले यसमा जित्न पर्ने दवावमा प्रतिस्पर्धीहरु देखिन्छन् । थापालाई जिताउन सर्लाहीका युवाहरूले अभियान नै चलाइरहेका छन् ।
ग्राण्ड फिनाले हुनेदिन साउन १६ गते बेलुका ५ बजेसम्म सर्वसाधारण सबैले आफूलाई मन परेका प्रतिस्पर्धीलाई मतदान गर्न पाउनेछन् ।







