बयलगाडाले लियो बालकको ज्यान

सर्लाही । सर्लाहीमा बयलगाडा (गोरुगाडा) ले किचेर एक बालकको ज्यान गएको छ ।

बरहथवा–१६, बैरहरियामा स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुवास कुम्हालको ज्यान गएको हो ।

बालक बयलगाढामै सवार थिए । शनिबार दिउँसो बयलगाडाबाट लडेर उनी किचिएका र गम्भीर घाइते अवस्थामा वीरगन्ज न्युरो अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उपचारकै क्रममा शनिबार राति १० उ बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए ।