काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व निर्वाचित गरेको छ । काभ्रेको थुमकी रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्ष भएका हुन्।
यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डटकमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन् । संस्थाको महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल दोहोरिएका छन् भने सचिवमा अर्थपथ डटकमबाट विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन्।
संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डटकमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डटकमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन्।
संस्थामा २७ वटा आर्थिक मिडियाहरू आबद्ध छन्।
नयाँ कार्यसमितिको पहिलो बैठकले अनुशासन समितिको संयोजकमा न्यूज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचारसंहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका बिजय फुयाँललाई चयन गरेको उपाध्यक्ष लोचन खतिवडाले बताएका छन् ।