भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो ।
तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल योन्जनले बताएका छन् ।
हरिवन नगरपालिका वडा नम्बर ५ स्थित सिद्धार्थ टोल बिकास संस्थाको खेल मैदानमा ल्होछार सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको संयोजक योन्जनले जानकारी दिए । महोत्सवमा चर्चित गायक प्रदिप बम्जन, गायक देब कुमार स्याङ्तान, शुभ लामा, जीवन बोम्जन तामाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने उनले बताए ।
नेपाल बहु-सांस्कृतिक र बहु-धार्मिक देश भएको र एक अर्काको संस्कृती र सभ्यताको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको हरिवन-५ का वडाध्यक्ष नागेन्द्रकुमार शाह बताउँछन् । यस्ता मेला महोत्सवले समाजका आन्चलिकता र मुर्छनाहरुलाई बचाउन मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरे । ५० हजार बढी मानिसले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ ।