भक्ती रिजाल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तानलाई फसाउन सरकारबाट विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ” भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई बेघरबार बनाउने गम्भिर षड्यन्त्र सरकारले अगाडि बढाएको प्रति हाम्रो आपत्ति हो।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर भरत कुमार थापा र उप-मेयर लिला कुमारी मोक्तान अहिलेको अबस्थामा निलम्बित छन् । प्रसिद्ध भरत ताल बनाएको विषयमा उनीहरू माथि अनुसन्धान भैरहेको छ । यसैबीच उनीहरू माथि फेरि अर्को मुद्दाको षडयन्त्र भएको माओवादी केन्द्र सर्लाहीले आरोप लगाएको छ ।
बागमती नगरपालिकामा रहेको नदि उकास पर्तीमा मानिसहरूलाई बसाएको विषयलाई बङ्याएर बन मुद्दा लगाउन खोजेको आरोप छ ।सरकारले मेयर भरत कुमार थापा तथा उप- मेयर लिला कुमारी माेक्तानलाई फेरि वन मुद्दा लगाएर सिध्याउन खोजेको माओवादी केन्द्रले जिकिर गरेको छ । झुटा मुद्दा नलगाउन माओवादी केन्द्र सर्लाहीले सरकारलाई चेतावनीसमेत दिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका अव्यवस्थित, भुमिहिन, सुकुम्बासी, दलित तथा बेघरबारहरुलाई सड्यन्त्रपुर्ण ढंगबाट बिस्थापित गर्न र बागमतीका जनप्रतिनिधिलाई नै फसाउन सरकार स्वयम् लागेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले आपत्ति जनाएको हो ।
हेर्नुस् बिज्ञप्ती
सुकुम्बासी तथा भुमीहिन गरिब जनताको अधिकार खोस्ने सरकारको गंभिर षड्यन्त्र बिरुद्ध जुनसुकै आन्दोलन गर्न पछि नपर्ने नेकपा माओवादी (केन्द्र) का नेता राजकुमार यादव बताउंँछन् ।
जनताको जीवन र जिविकासंग खेलबाड गरियो भने अधिकार प्राप्तिको आन्दोलन मार्फत जुनसुकै हद सम्म जान पनि आफुहरुपछि नपर्ने नेकपा माओवादी (केन्द्र) हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तको भनाइ छ ।
लामो संघर्षबाट उपलब्ध भएको गरिब, निमुखा, सुकुम्बासी तथा पछाडि पारिएको वर्गको हित गर्नुको साटो उल्दै निमुखा सुकुम्बासीको बास खोस्ने सरकारको स्वेच्छाचारी कदमको बिरोध गरिएको हरिवन नगरपालिकाका मेयर समेत रहेका माओवादी केन्द्रका नेता रमेश बुढाथोकी (कमल)ले बताएका छन् ।