सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो ।
स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई हरिणको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
नजिकै जिल्ला बन कार्यालय रहेपनि उद्दारको प्रयास नभएको प्रत्यक्षदर्शीले बताए । बन्यजन्तु आवागमन जनाउने संकेत समेत राजमार्गमा पर्याप्त जडान नहुँदा बन्यजस्तु संकटमा रहेका स्थानीय बताउँछन् ।