भक्तपुरमा मोटरसाइकलको ठक्करबाट फेरिपनि एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउने भक्तपुर नगरपालिका-७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसीबाग रहेकी छन् ।
अरनिको राजमार्गमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले जगाती पुलमा उनीसहित ४ जनालाई ठक्कर दिएको थियो ।
साँझ दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो । अन्य ३ जनाको नयाँ थिमिस्थित मध्यपुर अस्पताल उपचार भइरहेको छ ।
मोटरसाइकल र चालक जगाती बृत्तको नियन्त्रणमा रहेका बताइएको छ ।