पछिल्लो २४ घन्टामा थपिए १४५४ नयाँ संक्रमित

काठमाडौँ, २६ भदाै । पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यसअघि झै सबैभन्दा बढी काेराेना संक्रमित काठमाडाै जिल्लामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाै जिल्लामा अहिलेसम्मकै बढी ६२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । काठमाडाै उपत्यकामा ६९६ जना संक्रमित शुक्रबार फेला परेका छन् […]

थिमीमा ह्दयविदारक घटना, औषधी फ्याक्ट्रीमा जागिरे श्रीमान, श्रीमती र छोरा एकै साथ मृत फेला

भक्तपुर । भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा शव फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको […]

एकहजार बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा अमेरिकाले रद्द गर्यो

काठमाडाैं । अमेरिकाले एक हजार भन्दा बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको भनाई छ । गएको मे मा चीनको सेनासँग सम्बन्ध भएका चिनियाँ अनुसन्धानकर्ताले केही जानकारी तथा बौद्धिक सम्पत्ति चोरी गरेको हुन सक्ने अभियोग अमेरिकाले लगाएको थियो […]

मस्काेमा वार्ता गरेर रुस र चीनका विदेश मन्त्रीले गरे पाँच बुँदे सहमति

काठमाडाैं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ। सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेको […]

नेपाली मिडियामा बहस छेड्न पत्रकार विद्यार्थी संगठन गठन

काठमाडौं । पत्रकारिताको अध्ययन, अध्यापन तथा अभ्यास गरिरहेकाहरुलाई समेटेर नयाँ संगठन गठन गरिएको छ । पत्रकारिता क्षेत्रलाई परिवर्तनको प्रवाहमा जोड्न बहस छेड्ने उद्देश्यका साथ यो संगठन गठन गरिएको बताइएको छ । पत्रकार विद्यार्थी संगठन, नेपाल नामक हालै गठन गरिएको संगठनका संयोजक मुक्ति गैरे रहेका छन् । हाल १३ सदस्यीय कार्यसमिति गठन गरिएको संगठनमा पत्रकारितामा पनि […]

रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा पक्राउ परेका सबै सस्कृतिक अभियन्ता रिहा

भाद्र२५ , काठमाडौं ।   रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा गतसाता पक्राउ परेका सस्कृति / सम्पदा अभियान्ता सबै अभियन्ताहरु रिहा भएका छन् । विहिवार साँझ रिहा  यादवलाल कायस्थ, असोज कुमार महर्जन, नरेश शाक्य, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला रिहा भएका हुन् । गत १८ गते विहिवार पुल्चोकमा रथ तान्ने क्रममा भएकाे झडपपछि प्रहरीले अभियन्ताहरुलाई घर […]

बिहीबार थपिए १२४६ कोरोनाका नयाँ संक्रमित

काठमाडौं, २५ भदौ । नेपालमा एकैदिन १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा बढी काठमाडाैं उपत्यकामा काेराेनाका संक्रमित भेटिएका छन् । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । […]

काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं […]

श्रीमतीलाई सुराकी बनाएर लाखौ झ्वाम पार्ने सशस्त्रका डिएसपीको यस्तो काइदा

वुटवल । सशस्त्र प्रहरीका एक डिएसपीले आफ्नै श्रीमतीलाइ सुराकी राखेर ठूलाे रकम कुम्लाउने गरेकाे खुलासा भएकाे छ । सीमा सुरक्षाका लागि खटाइएकाे सशस्त्र प्रहरीका जिम्मेवार अफिसरले यसरी उक्त क्षेत्रमा हुँदै नभएकी श्रीमतीलाइ सुराकी राखेर आफ्नाे टिमले गरेकाे काममा कमिसन आफै कुम्ल्याउने गरेपछि सशस्त्रभित्रै खैलावैला भएकाे छ । अझ त सुराकीकाे कमिसन रकमका विषयमा सीमा सुरक्षामा […]

आफूलाई धम्की दिने युवकलाइ हिरासतमुक्त गर्न ललितपुरका मेयरको आग्रह

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई मार्ने अभिव्यक्ति दिने युवालाई विनासर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै मेयर महर्जनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने सन्दर्भमा मेयरको टाउको काट्ने अभिव्यक्ति दिने सञ्जय शाक्यले आक्रोस आएर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै स्थानीय प्रशासनलाइ आग्रह गरेका हुन्। शाक्यलाई ललितपुर प्रहरीले २१ भदौमा पक्राउ […]