खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी

हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]

नास्टले कोरोना भाइरस नियन्त्रण गर्न रोबोट ल्याउने

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका […]

पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप, सबै प्रदर्शनकारी तितरबितर पारिए (भिडियाेसहित)

काठमाडौं, १ असोज । पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।  विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा […]

सरकारविरुद्ध पशुपतिमा ठूलो प्रदर्शनको तयारी, व्यापक प्रहरी परिचालन

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूलढोका अगाडि आज ठूलो जनसमूह जम्मा हुन लागेको छ । पशुपतिनाथको ढोका खोलेर भक्तजनहरुले पुजापाठ गर्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध यो प्रदर्शन गरिएको बताइएको छ । भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरी सबैलाई आजको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । उनले यो संयुक्त धार्मिक सामाजिक संघसंगठनहरुको […]

कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा, बेलाबेलामा अक्सिजन दिइँदै

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा भर्ना गरिएको छ। काेइरालालाइ कोरोनाभाइरसको संक्रमण भएकाे छ । संक्रमणका क्रममा उनलाइ उच्च ज्वरो आएकाे थियाे । ज्वराे बढेपछि उनलाइ ओम अस्पतालको आइसियुमा राखेर उपचार गरिएकाे थियाे । कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ। कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पताल स्राेतले जनाएकाे छ ।  अस्पतालले उनकाे स्वास्थ्य […]

कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा

काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ ।  उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।   टोलीमा बहराइनको डिफेन्स फोर्समा […]

पहाडबाट लेदो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा मंगलबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। सडकमा झरेको […]

केपी ओलीका मतदाताको छानो फेर्न भनेर १ अर्ब ३६ करोड विनियाेजन भएकाे खुलासा

झापा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ।  सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो। यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख […]

सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडाैं । जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको […]

२०० वर्ष पुरानो रणवीरसिंह थापाको घर शिलखाना नभत्काउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

भदौ३१ , काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिका २१ वडा लगन स्थित रहेको मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को २०० बर्ष पुरानो पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ । जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले दायर […]