पाँचथरमा पनि पातञ्जल योग समिति

पाँचथर । पातञ्जल योग समिति नेपालले पाँचथर जिल्ला शाखा बिस्तार गरेको छ । हेम गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

सिङ्गो कार्यसमिति नै सर्वसम्मत चयन गरिएको केन्द्रिय उपाध्यक्ष एवं कोशी प्रदेश ईन्चार्ज जिपी तिवारीले जानकारी गराए ।

कार्यसमितिको उपाध्यक्षमा रुपा पोख्रेल,सचिव कुवेरनाथ(कुमार) ढकाल,सहसचिव बालकृष्ण बास्कोटा र कोषाध्यक्षमा भुमादेवी खतिवडा निर्वाचित भएका उनले बताए ।

त्यस्तै सदस्यहरुमा शंकर आङदम्बे, दिल बहादुर लावती,महेन्द्र घिमिरे, प्रीति शर्मा रहेका छन् । सल्लाहकारहरुमा भने लक्ष्मी भण्डारी, लक्ष्मी ढुङ्गाना, उपेन्द्र लावती, मधु केरुङ,नरेन्द्र प्रसाद अधिकारी,हेमलाल खनाल चयन भएका केन्द्रीय उपाध्यक्ष तिवारीले बताए ।

३ वर्षभित्रमा कम्तीमा २० वटा जिल्लामा संगठन विस्तार गरिसक्ने भदौमा सम्पन्न चौथो महाधिवेशनको लक्ष्य बमोजिम पाँचथर शाखा विस्तार गरिएको पातञ्जल योग समिति नेपालका महासचिव एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले जनाएका छन् ।