उपत्यकाब्यापी योग नृत्य प्रतियोगिता हुने

भक्तपुर । पातन्जल योग समितिले काठमाडौं उपत्यकाब्यापी खुला योग नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । भोलि शनिवार भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित सेराटन पार्टी प्यालेसमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा उपत्यकाको ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका यौगिक संघ सस्था र विद्यालयहरुबाट सहभागिता जनाउन सकिने आयोजक पातन्जल योग समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्र सहित १५ हजार , दोस्रोलाई १० र तेस्रोलाई ५ हजार प्रोत्साहन पुरस्कारको पनि ब्यवस्था गरिएको काफ्लेले बताए ।

इच्छुक प्रतिस्पर्धीले पातन्जल योग समितिसंग सम्पर्क गरी प्रतियोगितामा सजिलै भाग लिन सक्ने आयोजकको भनाइ छ ।

प्रतियोगिताको उद्घाटन शनिबार बिहान १० बजे सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गर्ने बताइएको छ ।