सरकारको ब्यवसायमैत्री निर्णय, फुल अडिट गर्न रोक

काठमाडौँ । वर्षौँदेखि उद्योगी–व्यवसायीलाई कर कार्यालयको फुल अडिट प्रक्रियाले दिएको मनोबैज्ञानिक दबाब,तनाव र झन्झट अन्ततः रोकिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागसहित देशभरका सबै कर कार्यालयलाई ‘फुल अडिट’ हाललाई पू्र्णरूपमा रोक्न निर्देशन जारी गरेपछि निजी क्षेत्रले ठूलो राहतको महसुस गरेका छन् । उद्योगी–व्यवसायीहरूबाट निरन्तर आएको गुनासो, कर अधिकृत र अडिटरद्वारा हुने मनमानि तथा अनुचित […]

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

आज यी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा […]

प्राडा श्रेष्ठलाई चक्रपाणि स्मरण पुरस्कार

भक्तपुर । चक्रपाणि स्मारक प्रतिष्ठानले साहित्यकार चक्रपाणि चालिसेको १४३ औं जन्मजयन्ती मनाएको छ । सूर्यविनायक- ५, कटुञ्जेस्थित चक्रपाणि चोकमा आयोजित विशेष समारोहमा प्राडा दयाराम श्रेष्ठलाई रु. २० हजार राशिसहितको चक्रपाणि स्मरण पुरस्कारद्वारा सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार एवम् प्रशिद्ध साहित्यिक पत्रकार रोचक घिमिरेले श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै उनी इमानदार अध्ययता, शिल्पी […]

ईप्सन अन्तरविद्यालय नृत्य प्रतियोगितामा युनिटी पहिलो, पछिपछि इडेन गार्डेन र क्वालिटी

भक्तपुर । अन्तरविद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगितामा सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले दुवै विधामा प्रथम स्थान हासिल गरेको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन)को आयोजनामा बिमल मेमोरियल विद्यापीठमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए। सामूहिक लोक नृत्यतर्फ यूनिटी स्कूलले प्रथम स्थान प्राप्त गर्दा ईडेन गार्डेन स्कूल दोस्रो, सूर्योदय स्कूल तेस्रो […]

घरबाट डेराको यात्राः एक अनुभूती

काठमाडौ । १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति […]

नबिल बैंकले कमायो पौने २ अर्ब नाफा

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले पौने २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]

विब्यस अध्यक्षको प्रहारबाट प्रअको आँखामा गम्भीर चोट

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् । अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गहिरो चोट लागेको छ । आक्रमणको घटनाले शिक्षा क्षेत्र स्तब्ध बनेको बुद्धिजीवीहरु बताउँछन् । नेपाल शिक्षक महासंघ इन्द्रावती नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ । […]

फुट्न माफिर कम्युनिस्ट पार्टी एकसाथ दश दल जुटेर राखे रेकर्ड

nepali communist party

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा फुट्न माफिर कम्युनिस्ट पार्टीहरु एकसाथ जुटेर रेकर्ड राखेका छन् । विभिन्न पार्टीमा बिभाजित दश वामपन्थी शक्तिहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी निर्माण गरेका हुन् । देशभरका वाम समर्थकहरूलाई उत्साहित बनाउदै बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलन उद्घाटन समेत सम्पन्न गरिएको छ । नयाँ पार्टीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी […]

एनप्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन गार्डेनका जय र श्रीया प्रथम

 भक्तपुर । नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा ईडेन गार्डेन स्कुलका जय महतले माध्यमिक तहमा र सोही स्कुलकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गरेका छन्। आधारभूत तहतर्फ दोस्रो स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तेस्रो स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान […]