एनप्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन गार्डेनका जय र श्रीया प्रथम

 भक्तपुर । नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा ईडेन गार्डेन स्कुलका जय महतले माध्यमिक तहमा र सोही स्कुलकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गरेका छन्।

आधारभूत तहतर्फ दोस्रो स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तेस्रो स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरे। माध्यमिक तहमा मदरल्याण्ड स्कुलकी ईशिका खड्का दोस्रो, संस्कार गुरूकूलकी विदूशी ढकाल तेस्रो र विमल मेमोरियल विद्यापीठकी अणु वादी सान्त्वना स्थानमा परे।

कार्यक्रमको अध्यक्षता ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले गरेकी थिइन्। उनले नेसनल प्याव्सनको कार्यक्रम सञ्चालन गर्ने अवसर पाउँदा खुशी व्यक्त गरिन्। विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका–२ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरमा शिक्षा र स्वास्थ्यको प्रवर्द्धनका लागि नगरपालिका सक्रिय रहेको बताउँदै नेसनल प्याव्सन भक्तपुरका प्रयासको प्रशंसा गरे।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा ऋतम्भरा पाठशालालाई धन्यवाद दिँदै विजेता विद्यार्थीहरूलाई बधाई दिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारीहरूको उपस्थिती रहेको सह–प्रिन्सिपल तथा कार्यक्रम संयोजक अनिश केसीले जानकारी दिए।