पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो ।
भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि प्रदान गरेका थिए ।
सो अवसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै पूर्वराष्ट्रपति भण्डारीले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ अग्रसर हुन आग्रह गरिन् ।

