काठमाडौ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रचण्डको निवासबाट घर जल्नु दुई दिन अघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने दाबी गर्दै गलत र तथ्यहीन प्रचार फैलाएको […]
समाज
पाँच हजार बढी कैदीबन्दी अझै फरार
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ। पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक […]
इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]
पूर्व न्यायाधीश घिमिरेलाई पितृशोक
सर्लाही । उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ घिमिरेलाई पितृशोक परेको छ । उनका पूजनीय पिता पण्डित घननाथ घिमिरेको ९७ वर्षको उमेरमा असामयिक निधन भएको हो । रामेछापको बाबियाखर्क जन्मोथलो भएका समाजसेवी घिमिरे समाजको आदर्श पण्डित र तत्कालीन सरकारको शिक्षा निरीक्षक रही विभिन्न जिल्लामा सेवा पुर्याएका थिए । शिक्षा, धर्म र सस्कृतिको माध्यमबाट समाजमा सेवा पुर्याएका […]
भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ
भक्तपुर । दिउँसै मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना बढ्न थालेपछि भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ शुरु गरिएको छ । छ लेन सडकमा शनिबार ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाइ गरेको हो । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले सवारी दुर्घटना बढ्न थालेपछि साँझबाट गर्दै आएको मापसे चेकिङ दिउँसो पनि […]
पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम लक्ष्मीपूजाको दिन हुने
तनहुँ । म्याग्दे गाउँपालिका–३, पसलेस्थित नव पसले युवा क्लबले शुभ दीपावली – २०८२ को अवसरमा ‘पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। आगामी कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यक्रम हुने क्लबका सचिव श्रीराम थापाका बताएका छन । सचिव थापाका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै क्लबका सदस्य दाजुभाइ र दिदीबहिनीहरूले […]
वीरगञ्जमा बुवा–छोरा मृत फेला
पर्सा । वीरगञ्जस्थित नयाँ बसपार्क नजिकै भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । भारतका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन् । असोज १९ गतेदेखि होटलमा बस्दै आएका उनीहरू मंगलबार साँझसम्म पनि बाहिर नआएपछि होटलका कर्मचारीले प्रहरीलाई […]
इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक
भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]
चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण
भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]
यस्तो छ दशैंमा लगाइने टीकाको महत्व
काठमाडौं । विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा दशैं मनाइँदै आएको र सोही दिन देवीको प्रसादस्वरूप दही, चामल र अबिर मिसाएर टीका लगाउने चलन सुरु भएको विश्वास गरिन्छ। धार्मिक विश्वासअनुसार टीका र जमरा आशीर्वाद, विजय, समृद्धि र एकताको […]










