‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने पक्राउ

काठमाडौं, १० पुस। ‘प्रहरी हूँ’ भन्दै सेट वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै […]

महाविर पुनको आविष्कार केन्द्रमा चिनियाँ बिजुली बसका सिइओको अवलोकन

काठमाडौं, १० पुस। चिनियाँ सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका छन् । बुधवार विहान उनी त्यहाँ पुगेको आविष्कार केन्द्रका अधिकारीहरुले बताए । लोले चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ हुन् । कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका लोलेले निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। विद्युतिय सवारी साधन बनाउन […]

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौं १० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पाल्पा […]

ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

 आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८स्४२ बजेबाट शुरु समेत भैसकेको छ ।आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो । पनचाङ्ग निर्णायक समितिका […]

काठमाडौं उपत्यका थप चिसिँदै न्यूनतम तापक्रम ०.९

काठमाडौं १० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम […]

राजधानीमा पर्यटन आकर्षणको लागि नाइट लाइफ जीवन्त राख्न भट्टराईको आग्रह

काठमाडौं, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५र६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५र६ बजे नै […]

कक्षा ८ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ ४६ दिनदेखि सम्पर्कविहीन

बुटवल, ९ पुस । ४६ दिनदेखि हराइरहेका बुटवल कालिकानगरका एक किशोरको परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो गरेको छ । बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ८ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । घरबाटै छोरा सम्पर्कविहीन भएपछि बुटवलको योगिकुटी र वडा प्रहरी […]

बली दिन भारतमा लागिएकी मोडल नेपाली युवतीलाई प्रहरीले जोगायो

काठमाडौं, ९ पुस । भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ । आफूलाई भारत लैजाँदै गरेको कुरामा युवतीले शुरुमै शंका लागेर प्रहरीको सहयोग लिएका कारण बलि दिने योजना विफल बन्न पुगेको […]

जुम्लापछि काठमाडौंमा सबैभन्दा बढी चिसो , कति छ तापक्रम ?

काठमाडौं, ९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ […]

बिहीवार सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं, ८ पुस । पुस १० गते बिहीवार सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ । प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले […]