चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ ।

विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन खत्रीले शनिबार सो सामाग्रीहरु हस्तान्तरण गर्दै विपद् व्यवस्थापनमा सदैव अग्रणी भूमिका निर्वाह गर्ने सुरक्षा निकायलाई नगरपालिकाले सदैव सहयोग गरिरहेको स्मरण गरे ।

“विपद् प्रतिकार्यमा सहयोग होस् भन्ने उद्धेश्यले नगरपालिकाले सामग्रीहरु हस्तान्तरण गरेको हो।” उनले भने ।

नगर प्रमुख खत्रीले सोमबारसम्म बर्षातको प्रक्षेपण गरिएकोले सो समयसम्म सुरक्षित रहन र सर्तकता अपनाउन नगरबासीलाई आग्रह समेर गरेका छन् । विपदमा आफूहरू जनतासंगै रहेको स्पष्ट पार्दै उनले भने, “हाम्रो टेलीफोन सदैव खुला छ,जोखिम भए तुरुन्त खबर गर्नुहोला ।”

चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष सशस्त्र प्रहरीबल दुवाकोटलाई पनि खोज उद्धारका सामग्रीहरु हस्तान्तरण गरेको थियो । यस् वर्ष भने नेपाल प्रहरीलाई बुट र वर्षादी बाढिएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका जिल्लाको सबभन्दा बढी पहिरो जोखिमयुक्त पालिका मानिन्छ ।