भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ

Bhaktapur traffic police
Bhaktapur traffic police

भक्तपुर । दिउँसै मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना बढ्न थालेपछि भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ शुरु गरिएको छ ।

छ लेन सडकमा शनिबार ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाइ गरेको हो ।

Bhaktapur traffic police
Bhaktapur traffic police

जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले सवारी दुर्घटना बढ्न थालेपछि साँझबाट गर्दै आएको मापसे चेकिङ दिउँसो पनि शुरु गरिएको बताए ।

“मापसे गरेर र लापरबाहीपूर्वक सवारी चलाउनेलाई लक्षित गरि चेकजाँच शुरु भएको हो ।” ट्राफिक प्रहरी निरीक्षक खत्रीले भने यो अब दिउँसो पनि नियमित हुन्छ ।

भक्तपुर ट्राफिक प्रहरी प्रमुख समेत रहेका खत्रीले जनाए अनुसार यही असोज महिनामा मात्र करिब १ दर्जन सवारी दुर्घटना भएका छन् । मापसेका कारण सवारी दुर्घटना हुँदा दुई जना युवकले ज्यान गुमाएका उनले जानकारी दिए ।

Bhaktapur traffic police
Bhaktapur traffic police

मापसेका कारण छ लेन सडक अन्तर्गत सल्लाघारी र घलाटेमा भएको छुट्टाछुट्टै दुर्घटनामा सो मानवीय क्षति भएको ट्राफिक प्रहरी निरीक्षक खत्रीको भनाइ छ । चेकजाँचले दुर्घटना र मानवीय क्षति नियन्त्रणमा सहयोग पुर्याउने उनले बिश्वास ब्यक्त गरेका छन् ।