एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो ।

 अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो ।

यसैगरी, एक दिनमा ५० हजार र एक महिनामा ३ लाख रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक दिनमा १ लाख र महिनामा ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न सकिन्थ्यो ।