सर्लाही । उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ घिमिरेलाई पितृशोक परेको छ । उनका पूजनीय पिता पण्डित घननाथ घिमिरेको ९७ वर्षको उमेरमा असामयिक निधन भएको हो ।
रामेछापको बाबियाखर्क जन्मोथलो भएका समाजसेवी घिमिरे समाजको आदर्श पण्डित र तत्कालीन सरकारको शिक्षा निरीक्षक रही विभिन्न जिल्लामा सेवा पुर्याएका थिए । शिक्षा, धर्म र सस्कृतिको माध्यमबाट समाजमा सेवा पुर्याएका घिमिरे सर्वहितायको सिद्धान्तले समाजलाई मार्गनिर्देशित गरिरहन्थे ।
सर्लाहीको हरिपुर-८ मा बसोबास गर्दै आएका उनको पार्थिव शरीरलाई शनिवार दिउँसो बागमतीमा अन्तिम संस्कार कार्य सम्पन्न गरिएको पारिवारिक श्रोतले जनाएको छ । उनी दुई वर्ष देखि फोक्सो सम्बन्धि रोगले ग्रसित थिए ।
उनका श्रीमती, २ छोरा र ५ छोरी छन् । पूर्व न्यायाधीश लेखनाथ उनका कान्छा छोरा हुन् भने जेठो छोरा कुलनाथ तत्कालीन रानीगन्ज गाविसका पूर्व सचिव हुन् ।







