पर्सा । वीरगञ्जस्थित नयाँ बसपार्क नजिकै भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । भारतका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन् ।
असोज १९ गतेदेखि होटलमा बस्दै आएका उनीहरू मंगलबार साँझसम्म पनि बाहिर नआएपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार बाबु ओछ्यानमा र छोरा झुन्डिएको अवस्थामा भेटिएका थिए। घटनाबारे प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ र भारतीय महावाणिज्य दूतावासलाई पनि जानकारी दिइएको बताइएको छ।







