सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ । मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । […]

प्रदेश सरकारले आफ्नै प्रमुख जिल्ला अधिकारी सीडीओ नियुक्त गर्ने

भक्तपुर, १३ पुस । प्रदेश सरकारले आफ्ना प्रत्येक जिल्ल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ हरू नियुक्त गर्ने बताइएको छ । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रदेश मातहत प्रजिअ हुनुपर्नेमा जोड दिएका हुन् । शनिवार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित सुरक्षासम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सहभागी बाहेकका सात वटै […]

सामाजिक सञ्जालबाट चिनजान, पहिलो भेटमै हत्या

एजेन्सी काठमाडौं, १३ पुस । सामाजिक सञ्जालका कारण पनि समाजमा धेरै अपराधका घटनाहरु बढेको प्रहरि प्रशासनले निष्कर्ष निकालिरहेको छ । सामाजिक सञ्जालमा भेट भएका व्यक्तिलाई झट्ट विश्वास गर्दा ज्यानै जानेसम्मका घटनाहरु घट्नेहरुको यथार्थ जताततै सुन्न र देख्न पाइन्छ । यस्तै घटना छिमेकी देश भारतमा घटेको छ । दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा […]

अर्काको जीवनसँग गम्भीर खेलवाड गर्नेलाई जेल सजाय गर्दा राम्रो होला

काठमाण्डौ, १३ पुस । बढ्दो दुर्घटना न्यूनिकरणका लागि राज्यले नीतिगत सुधारका लागि पहल गरिरहेको छ । चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारकका रुपमा देखा पर्दै आएका कारण जरिवाना दर वृद्धि गर्ने दिशामा छलफल भइरहेको छ । कतिपयले सवारी नियम उल्लंघनमा जरिवाना दर बढाउनुपर्ने तर्क पनि गरिरहेका छन् । यद्यपि सवारी नियम उल्लंघनकर्तालाई जरिवाना दर वृद्धिले […]

अत्याधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालय पाँच दिन बन्द

सिरहा १३ पुस । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुबोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे […]

जिल्ला अस्पताल एम्बुलेन्सविहीन, बिरामीलाई समस्या

भक्तपुर, ११ पुस । जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले पटक–पटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा […]

आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर

भक्तपुर, ११ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । गत असार १५ गते आफ्नै छोरीको घरमा सावित्रीको दिनदहाडै […]

बिज्ञापनमा दिँदा घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा

ललितपुर, ११ पुस । नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ। लेखा अधिकृत शिवकुमार घिमिरे […]

फोहर लिएर जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

नुवाकोट, ११ पुस । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ […]

कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा पर्यटकको गन्तव्य बन्न नसकेको

कर्णाली, ११ पुस । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन । पर्यटकविहीन यो तालसम्म सडक नजोडिनु नै पर्यटक नआउनुको प्रमुख कारण हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासकै […]