
धनतेरस (धनत्रयोदशी) र धन्वन्तरी जयन्ती सुन्दा उस्तै लागे पनि फरक छ । तिहार अन्तर्गत पर्ने यी दुई पर्वको धार्मिक अर्थ र पूजाको विधि फरक–फरक हुन्छ।
धनतेरस
धनतेरसलाई तिहार पर्वको पहिलो दिन मानिन्छ।यस दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ।
यो नयाँ धातुका सामान, सुनचाँदी वा भाँडा खरिद गर्ने शुभ दिन हो।
यस दिन साँझ “ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” मन्त्रसहित लक्ष्मीपूजा गरिन्छ।
जनविश्वास छ कि यो दिन किनिएको वस्तु टिकाउ, लाभदायी हुन्छ र लक्ष्मीप्रसाद मानिन्छ ।
धन्वन्तरी जयन्ती
यो दिन भगवान् धन्वन्तरीको जन्मजयन्ती हो।
समुद्रमन्थनका बेला धन्वन्तरी अमृत कलश बोकेर निस्किएका थिए भन्ने पुराणमा कथा पाइन्छ ।
त्यसैले उनी स्वास्थ्य, आयु र आयुर्वेदका देवताका रूपमा पूजिन्छन्।
यस दिन स्वास्थ्यकर्मी, वैद्य र आयुर्वेद शास्त्रका साधकले विशेष पूजा गर्छन्।
धन्वन्तरीका लागि मन्त्र —
“ॐ नमो भगवते धन्वन्तरये अमृतकलश हस्ताय सर्वामय विनाशनाय नमः ।
निष्कर्ष
कात्तिक कृष्ण त्रयोदशीकै दिन पर्ने यी दुई पर्वमा तात्विक फरक छ ।
धनतेरसमा लक्ष्मी र धनको पूजा हुन्छ भने धन्वन्तरी जयन्तीमा स्वास्थ्य र आयुर्वेदका देवताको पूजा हुन्छ ।
त्यसैले दुवै पर्व एकैदिन मनाइए पनि ध्यान केन्द्र फरक हुन्छ । एकले धन, अर्कोले स्वास्थ्यको प्रतीक जनाउँछ।
तिथि अनुसार यो वर्ष आज धनतेरस र भोलि धनवन्तरी जयन्ती मनाइने पन्चाङ्गमा उल्लेख छ ।




