भाइटीकाको उत्तम साइत सार्वजनिक

आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो ।

दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान १० बजेर एकाउन्न मिनेट जाँदा उत्तम साइत रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले भाइटीकाको उत्तम साइत १० बजेर एकाउन्न मिनेट ठहर गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले पुष्टि गरेका छन् ।

परापूर्वकालमा मृत्युलोकका राजा यमराजले बहिनी यमुनाको निमन्त्र णामा पाँच दिन उनको घरमा बसेको र अन्तिम दिन भाइटीका लगाई बिदा भएको जनविश्वास छ ।यमपञ्चकका यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने किंवदन्ती समेत रहेको छ ।

भाइ टीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने गरिन्छ । यमराजबाट दाजुभाइको आयूको आह्वान गर्ने यो पर्वमा बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित रहेको पाइन्छ ।

Loading...