धानखेतमा नवजात शिशु फेला

महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ।

भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ  

घाँस काट्न गएका स्थानीयले खेतमा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले उद्धार गरेर शिशुलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको छ। शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित रहेको बताइएको छ।

शिशु कसले र किन खेतमा छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।