भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ हजार ५ सय ४० जनाको ग्रेड वृद्धि भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत वा, १६०० मा एसएमएस गरी नतिजा हेर्न सकिने बताइएको छ ।







