राष्ट्रिय युवा परिषदमा नवनियुक्त तीन सदस्यले लिए सपथ

भक्तपुर । राष्ट्रिय युवा परिषदमा नवनियुक्त तीन सदस्यले सपथ लिएका छन् । 

परिषदमा नवनियुक्त सुदूरपश्चिम प्रदेशका जय धामी, ओखलढुंगाका  प्रसन्न ढुंगेल र काठमाडौँका संगिता श्रेष्ठले शुक्रवार परिषद सदस्यको सपथ ग्रहण गरेका परिषदकी सदस्य ललिता साहले बताएकी हुन । सपथपछि उनीहरू १९ औं परिषद बैठकमा सहभागी भएका थिए ।

जेनजी आन्दोलन पछि गठित अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको कार्यकालमा नियुक्त यी सदस्यहरू आ–आफ्नो क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सक्रियता र उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रहेका छन्।